बुटवल । भारतको पुनेमा भएको अन्तराष्ट्रीय कराते प्रतीयोगीतामा सहभागी भएका खेलाडीको मनोबल बृद्धी गर्न गोजुरीयो करातेको सम्मान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
जापान गोजुरीयो कराते मिसन डो नेपालको आयोजनामा आफ्ना खेलाडीहरुको मनोबल बृद्धी गर्नका लगाी सम्मान तथा बनभोज कार्यक्रमको आयोजना गरीएको प्रमुख प्रशिक्षक काजी रानाले बताए ।
गत पौष १४ र १५ गते भारतको पुनेमा भएको खेलमा २२ खेलाडी सहभागी भएर २७ मेडल हात पारेको नेपाली खेलाडीको मनोबल बढाउन यस्ता कार्यक्रम आबश्यक रहेको सल्लाहकार भरत केसी र बसन्त रोका क्षेत्रीले बताए ।
सो कार्यक्रममा हौसला प्रदान गर्न नेपाल सितेरीयो करातेका अमीर राई, नारायण थापा र प्रम राना सहीत बिभीन्न क्षेत्रका प्रतीनीधीहरुको उपस्थीती रहेको थियो । भारतमा भएको सो प्रतीयोगीतामा १५ स्वर्ण ६ कास्य र ५ रजत प्राप्त गरेका थिए । सबै खेलाडीलाई उपस्थीत प्रतीनीधीहरुले शुभकामना प्रदान गरेका थिए ।
