तुलसीराम पौडेल —
फर्साटिकर, माघ २२
रुपन्देहीको रुपन्देहीको शुद्वोदन गाउँपालिका -३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा संचालित माघ १६ गतेदेखि संचालित श्रीमद भागवत धनधान्यान्चल ज्ञान विज्ञान महायज्ञमा माघ २२ गते बिहिवार सम्म जम्मा १ करोड ९ लाख संकलन भएको सचिवालयले जानकारी दिएको छ। बिहीबार दानविरहरुको संख्या अति नै तीब्र रूपमा बढेको छ।
बिहीबार मात्र ३८ लाख ७५ हजार १ सय ७१ रुपैयाँ संकलन भैसकेको जानकारी सहायक क्याम्पस प्रमुख भेष राज ढकालले दिनुभएको थियोे ।

।क्याम्पसमा नया प्राविधिक कार्यक्रमहरु BBA (Bachelor of Business Administration), BITM( Bachelor of Information Technology Management ) ,
BCA( Bachelor of Computer Application ),
PGD (Post Graduate in diploma ) सम्बन्ध प्राप्त गरि संचालन गर्नको लागि महायज्ञको आयोजना गर्न लागिएको क्याम्पस प्रशासनले जनाएको छ।
यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस २०५९ सालमा तत्कालीन शिक्षाप्रेमी अगुवाहरूको परिकल्पना सहित महायज्ञको जगबाट स्थापित भई स्नातक तहका कक्षाहरु BA, B.ED , BBS संचालन भएको र २०६९ मा पुन अर्को सफल महायज्ञको माध्यमबाट यस क्षेत्रमा स्नातकोत्तर तह MBS सम्मको शिक्षा प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय गुणस्तर प्रत्याययन प्रमाणपत्र Q AA प्राप्त क्याम्पस हो।
माघ १६ गतेदेखि २३ गतेसम्म संचालन हुने महायज्ञमा प्रमुख वाचक सुप्रसिद्ध कथावाचक गुरु श्री चैतन्य कृष्ण महाराजज्यूको मुखारविन्दबाट दैनिक रूपमा सुमधुर संगीतमय लिलामय अलौकिक प्रवचन भैरहेको छ।
शुक्रबार यज्ञ समापन हुने क्याम्पसले जनाएको छ।


