बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भि २३ गाडी बुटवलमा सार्वजनिक गरेको छ । बुटवल कालिकानगरस्थित ओमोडा एण्ड जेको शोरुममा बिहीबार लञ्च गरिएको हो । प्रालिका कार्यकारी निर्देशक सुरज क्षेत्री र क्षेत्रीय म्यानेजर विशेष दाहालले गाडी सार्वजनिक गरे ।
विद्युतीय आइकारले यस क्षेत्रमा भिभिएसँगै प्रदेशमा उच्च प्रदर्शन गर्ने र जीवनशैलीमा आधारित विदयुतीय सवारी साधनको विस्तारमा एक महत्त्वपूर्ण कोशेढदङ्गा थपिएको क्षेत्रीले बताए । गाडीको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । वैश्विक दर्शन अन्तर्गत डिजाइन गरिएको गाडी एक रेट्रो प्रेरित, पूर्ण विदयुतीय अफ–रोड एसयभी हो । जसले क्लासिक रग्ड लक्स र आधनिक प्रविधिको उत्कष्ट मिश्रण प्रदान गर्दछ । गाडीले परम्परागत पेट्रोल गाडीहरूको एक दिगो र स्टाइलिश विकल्पको रूपमा प्रस्तुत गरिएको क्षेत्रीको भनाइ छ ।
शोरुमका प्रवन्धक राजीव खनालले गाडी नेपालको बाटो सुहाउदो रहेको बताए । उनले गाडीको पावर ब्याक धेरै राम्रो रहेको बताए । गाडीमा यसमा ५९.९३ केडब्लू एच ब्याटी र १०० किलोवाटको मोटर रहेको छ । जसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ । क्लासिक गोलो हेडलाइट र २१० एमएमको ग्राउन्ड क्लियरेन्स सहितको आकर्षक “बक्सी“ डिजाइनले यसलाई शहर र अफ–रोड दुवैका लागि उपयुक्त बनाउँछ ।
यसमा १५.४ इन्वचको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले र अधिकतम सुरक्षाका लागि लेभल–२ एडास फिचर रहेको छ । पछाडिको सिट फोल्ड गर्दा यसमा ७४४ लिटरको विशाल ट्रंक स्पेस प्राप्त हु्छ । प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रतिस्पर्धात्मक रूपमा प्रस्त गरिएको गाडी को डेलिभरी प्रि बुकिङ गरेका ग्राहकहरूका लागि एसपीजी अटोमोबाइल्सको नेपालभर रहेको आधिकारिक डिलर नेटवर्क मार्फत तत्काल सुरु गरिने क्षेत्रीय म्यानेजर विशेष दाहालले बताए ।
