सिद्वार्थ माविको अध्यक्षमा पुनः खिमनाथ सापकोटा

मेचीकाली संवाददाता

२३ माघ २०८२, बिहीबार
92 shares


तुलसीराम पौडेल —
सियारी,माघ २२
रुपन्देहीको सियारी गाउँपालिका -६ मदनगन्ज स्थित सिद्वार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः
खिमनाथ सापकोटा सर्वसम्मत चयन हुनुभएको छ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको बिहीबार सम्पन्न बैठकले खिमनाथ सापकोटालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।
विद्यालय व्यवस्थापन समिति गठनको लागि विद्यालयले माघ २ गते सम्पन्न गरेको अभिभावक भेलाबाट सदस्यहरु मैया भट्टराई ,सीता घिमिरे पराजुली ,रेशमलाल उपाध्याय सर्वसम्मत छनौट हुनुभएको छ ।त्यसै गरि मनोनीत चन्दादाताबाट एकदेब सापकोटा रहनु भएको छ। गाउँपालिका अध्यक्षबाट मनोनीत खिमनाथ सापकोटा ,शिक्षा संयोजकबाट मनोनीत पुर्ण कुमार सोती रहनु भएको थियोे ।वडाबाट पदेन सदस्य सन्त बहादुर कुवर रहनु भएको छ।
सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार राना रहनु भएको छ भने शिक्षक प्रतिनिधि दिपक देवकोटा रहनु भएको छ।