काठमाडौं । स्वस्थ्य सस्था संचालक संघ नेपाल (होडान)को प्रथम साधरणसभा सम्पन्न भएको छ । सभाले मदन कुमार पुर्बेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामहरी थापा, महासचिव रघुनाथ पनेरू, कोषाध्यक्षमा पुजा चौधरी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा खिमराज अधिकारी, अञ्जली रोक्का,
लक्ष्मी नारायण उपाध्याय, राजेन्द्र चौधरी र कृष्ण अधिकारी रहेका छन । साधारणसभालाई संबोधन गर्दै संस्थाका सल्लाहकार शमशेर नेपालीले होडानले ६ महिनामा उल्लेख्य काम गरेको, राज्य र सरोकारवाला सस्थाले होडान बुजेको प्रती आफुलाई गौरव महसुस भएको बताए ।
त्यस्तै सोमराज लिम्बूले राज्यले सबै ब्याबसायीलाई समान रुपले ब्याबहार गर्नु पर्ने बताए। कार्यक्रम मदन कुमार पुर्बेको अध्यक्षता, रामहरि थापाको स्वागत मन्तब्य तथा रघुनाथ पनेरूको सन्चालनमा सम्पन्न भएको थियो ।

