ओमसतियामा तेस्रो उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता

मेचीकाली संवाददाता

५ फाल्गुन २०८२, मंगलवार
18 shares


तुलसीराम पौडेल
रुपन्देही , फागुन ५
रुपन्देही स्थित ओमसतिया गाउँपालिकाको आयोजनामा ओमसतिया  तेस्रो उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता मंगलवारदेखी शुरु भयो । स्थानीय महिलाहरूलाई खेलकुदको माध्यमबाट जोड्दै उनीहरूको सशक्तिकरण गर्ने र लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ गाउँपालिकाले तेस्रो उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले तेस्रो उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता उद्वाटन गर्नुभयो ।
सो अवसरमा  उपाध्यक्ष सुनिता चौधरीले घरभित्रको चुलाचौकामा  मात्र सीमित रहेका दिदीबहिनीहरूलाई घरबाहिर ल्याएर उनीहरूको आत्मविश्वास बढाउनु नै प्रतियोगिताको मुख्य उद्देश  रहेको बताउनु भयो। उहाले महिलाहरूलाई सामाजिक गतिविधि तथा खेलकुदमा पनि अब्बल बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
गाउँपालिका  अध्यक्ष मन्जित कुमार यादवले “महिला सशक्तिकरणका लागि खेलकुद प्रभावकारी माध्यम भएको बताउदै  उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताले स्थानीय तहमा रहेका महिला खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै उनीहरूलाई आत्मविश्वासी र अनुशासित बनाउन सहयोग पुग्ने बताउनु भयो । साथै उहाले ओमसतिया गाउँपालिकाले आगामी दिनमा पनि महिलाहरूलाई खेलकुद, शिक्षा र सामाजिक गतिविधिमा सक्रिय बनाउने कार्यक्रमहरू निरन्तर अघि बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो

कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वार्ड नम्बर ५ का अध्यक्ष मदन पोख्रेलले महिलाहरुलाई सक्रिय रुपमा अगाडि बढाउन यस किसिमका कार्यक्रमहरुलाई गाउँपालिकाले निरंतरता दिनुपर्ने बताउनु भयो ।

प्रतियोगिताका संयोजक कमल प्रसाद शर्माका अनुसार प्रतियोगितामा गाउँपालिकाभित्रका कुल ८ वटा टोलीले सहभागिता जनाएका छन् । जसमा वडा नम्बर १ बाट दुईवटा टोली, अन्य वडाहरूबाट एक–एक वटा टोली र गाउँपालिकामा कार्यरत महिला कर्मचारीहरूको एउटा टोलीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
बुधबारसम्म चल्ने यो प्रतियोगिताले महिलाहरूलाई सामाजिक तथा खेलकुदका गतिविधिमा सक्रिय हुन थप प्रोत्साहन मिल्ने विश्वास लिइएको छ ।