बुटवल । बुटवलमा महामेला आयोजना हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिको आयोजनामा चैत १ देखि २४ गतेसम्म बुटवल–११ देविनगर रंगशालामा बुटवल महामेला–२०८२ आयोजना हुने भएको हो ।
शुक्रबार पत्रकार सम्मेलन गरी कम्पनीका अध्यक्ष गोबिन्द भुसालले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । आर्थिक मन्दीका कारण सुनसान हुँदै गएको बुटवल बजारलाई चलायमान बनाउने र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ महामेला आयोजना गरिएको उनले बताए ।
बुटवल उपमहानगरपालिका संरक्षक रहेको मेलामा हरेक दिन राष्ट्रिय र स्थानीय कलाकारको विशेष प्रस्तुति रहनेछ र मेलामा आकर्षणको रुपमा कस्मीर हिल्स, बुज्र खफिफा, सिंहदरबार, धरहरा, बुद्ध मूर्तिलगायत लुम्बिनीको झल्को दिनेगरी सचिवालय निर्माण गरिने अध्यक्ष भुसालले बताए । मेला अबलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्य व्यक्तीहरुलाई १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
भने ज्येष्ठ नागरीक तथा फरक क्षमता भएका व्यक्तीहरुलाई निःशुल्क प्रबेशको व्यवस्था गरीएको छ । मेलाको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै मेलामा जलपरी/जलपरा कपल डान्ससहित, बाल उद्यान, सर्कस रहनेछन् भने टिकटक प्रतियोगिता तथा डान्स प्रतियोगिता आयोजना गरिने उनले बताए । मेलामा विभिन्न प्रकारका १२० वटा स्टल रहने छन् । यस्तै मेला अवधिभर करिब ५ लाख दर्शक आउने र १ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष भुसालले जानकारी दिए ।
