बुटवल । बुटवलमा आजदेखि महामेला सुरु भएको छ । बुटवल–११ देविनगर रंगशालामा फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिको आयोजनामा चैत १ देखि २४ गतेसम्म बुटवल महामेला–२०८२ आयोजना गरीएको हो ।
मेलाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको खुल्ला मञ्चलाई बहुउदेश्यीय मैदानको रुपमा बिकास गर्न उपमहानगरले काम गरीरहेको बताए ।
बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, देभसिद्ध टोल सुधारका कोषाध्यक्ष मनिप्रसाद अधिकारी, दिपु मगर, सुवास बिसी लगायतले बोल्दै मेला सफलताको शुभकामना दिए ।
कम्पनीका अध्यक्ष गोबिन्द भुसालले आर्थिक मन्दीका कारण सुनसान हुँदै गएको बुटवल बजारलाई चलायमान बनाउने र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ महामेला आयोजना गरिएको बताए ।
बुटवल उपमहानगरपालिका संरक्षक रहेको मेलामा हरेक दिन राष्ट्रिय र स्थानीय कलाकारको विशेष प्रस्तुति रहनेछ र मेलामा आकर्षणको रुपमा कस्मीर हिल्स, बुज्र खफिफा, सिंहदरबार, धरहरा, बुद्ध मूर्तिलगायत लुम्बिनीको झल्को दिनेगरी सचिवालय निर्माण गरिने अध्यक्ष भुसालले बताए । मेला अबलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्य व्यक्तीहरुलाई १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । भने ज्येष्ठ नागरीक तथा फरक क्षमता भएका व्यक्तीहरुलाई निःशुल्क प्रबेशको व्यवस्था गरीएको छ ।
यस्तै मेलामा जलपरीरजलपरा कपल डान्ससहित, बाल उद्यान, सर्कस रहनेछन् भने टिकटक प्रतियोगिता तथा डान्स प्रतियोगिता आयोजना गरिने उनले बताए । मेलामा विभिन्न प्रकारका १२० वटा स्टल रहने छन् । यस्तै मेला अवधिभर करिब ५ लाख दर्शक आउने र १ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष भुसालले जानकारी दिए ।
