रुपन्देहीमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु

मेचीकाली संवाददाता

११ बैशाख २०८३, शुक्रबार
86 shares

बुटवल। रुपन्देहीमा शुक्रबारदेखि पाचौँ एमजीके अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु भएको छ । नेपाल, भारत र भुटान सहभागिता रहेको खेल वैशाख १२ गतेसम्म चल्नेछ । रुपन्देहीको तिलोत्तमा आयोजना गरिएको प्रतियोगिता उद्घाटन गर्दे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले यो प्रतियोगिताले गौतमुद्धको जन्मस्थल लुिम्बनीको पहिचान स्थापित गर्न विश्वसामु नेपालको नाम राख्न खेलमार्फत देशको पहिचान स्थापित गर्न सकिने बताए ।

यस्ता प्रतियोगीताले अन्तरदेशमा आपसी भाइचारा स्थापित गर्न सहयोग पु¥याउने जापान गोजुरुयो करातेका सल्लाहकार बसन्त रोका क्षेत्रीले बताए । भरतबहादुर क्षेत्री, गोजुरियो करातेका रुपन्देही अध्यक्ष उमेश थापालगायतले बोल्दै खेलमार्फत अनुसासन सिक्न र समाज परिवर्तनमा ठुलो भूमिका हुने बताए ।
अन्तर्राष्ट्रिय प्रतियोगीतामा हुने खेलहरु सब जुनियर दश वर्षभित्रका खेलाडी केड्स अर्थात् ११ देखि १४ वर्षसम्म तथा १५ देखि १७ वर्षसम्मका जुनियर तथा १८ वर्ष माथिका सिनियर गल्स तथा ब्वायज दुवै समूहमा काताको समेत प्रतियोगिता हुने मिसन गोजुरियो करातेका संस्थापक तथा प्रशिक्षक काजी रानाको भनाइ छ । खेलमा विजेता खेलाडीहरुले कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने सचिव गिरी पुनले जानकारी दिए ।

पाँचौँ एमजीके अन्तर्राष्ट्रिय कराते प्रतियोगीता विभिन्न तौल समूहमा २०० खेलाडीको सहभागीता रहेको आयोजकले जनाएको छ । खेलको निष्पक्षताका लागी भारत तथा नेपालबाट रेफ्रीहरु माधव घिमिरे, उमेश थापा, प्रेम रानालगायत विभिन्न डोजोका प्रशिक्षकहरुले सहजीकरण गरेका छन् ।