बुद्ध जयन्तीमा देबिनगरमा सरसफाई कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२० बैशाख २०८३, आईतवार
30 shares

बुटवल । देबिनगर सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्थाको आयोजनामा देबिनगरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

१४ वटा वटा टोल विकास संस्थाहरु मिलेर बुद्ध पुर्णीमाका अवसरमा सरसफाई गरीएको देबीनगर सरसफाई तथा बाताबरण संरक्षण सहकारीका अध्यक्ष सुुरेश पौडेलले जानकारी दिए । बुटवल उपमहानगरपालीका वडा नं ११ लाई वातावरणका हिसाबले स्वच्छ राख्ने अभियान रहेकोले समय समयमा फोहर सरसफाई गर्ने र आम नागरीकलाई जथाभाबी फोहर नगर्न अपिल गर्दे आएको उनले बताए ।

वि.सं २०७८ सालमा स्थापना भएको यस संस्थाले गणेश मन्दिर देखि देबसिद्धचोकसम्म सरसफाई अभियान सम्पन्न गरको संस्थाका सचिव हरि भट्टराईले जानकारी दिए । सरसफाई अभियानमा प्रतिनिधि सभा सदस्य मञ्जु भुसालसहित यँहाका करिब ३०० जना स्थानीय बासिहरुको उपस्थीति रहेको थियो ।