बुटवलमा लमिनारको नयाँ शोरुम सञ्चालन

–टायल छनोट अब गुणस्तर र प्रयोगमा आधारित

मेचीकाली संवाददाता

२३ बैशाख २०८३, बुधबार
17 shares

बुटवल। नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्राण्ड लमिनारले रुपन्देहीको बुटवल–१३, बेलबासमा नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रालिसँगको सहकार्यमा सञ्चालन भएको शोरुमको बुधबार उद्घाटन गरिएको हो ।
पछिल्लो समय रुपन्देहीमा घर, व्यवसायिक भवन र विभिन्न निर्माण आयोजनाहरू विस्तार भइरहेका छन् । यससँगै टायल छनोट गर्दा केवल डिजाइन होइन, कहाँ प्रयोग गर्ने र कस्तो प्रकृतिको चाहिन्छ भन्ने कुरामा ध्यान दिन थालिएको छ ।

लमिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुन्छन् र नेपाल मानक (एनएस ६१७, पूर्ण भिट्रिफाइड टायल) अन्तर्गत पर्छन् । यस्तो टायलको पानी शोषण दर निकै कम हुने भएकाले लामो समयसम्म टिकाउ रहन्छ । कम्पनीका अनुसार सोही कारखानाबाट दैनिक १ लाख ४० हजार वर्गफुटभन्दा बढी टायल उत्पादन हुने गरेको छ ।

बुटवल शोरुममा ५०० भन्दा बढी डिजाइनका टायल उपलब्ध छन् । फुलबडी, एन्टिब्याक्टेरियल सतह र उच्च चमक भएका हाई–ग्लस टायल यहाँ पाइन्छन् । शोरुमलाई केवल बिक्री केन्द्रभन्दा पनि सल्लाह लिन सकिने ठाउँका रूपमा बनाइएको कम्पनीले जनाएको छ । यहाँ टायल छनोट गर्दा डिजाइनसँगै प्रयोग हुने ठाउँ, चिप्लिने सम्भावना, टिकाउपन र मर्मतको सहजता जस्ता कुराहरू पनि हेर्न सकिन्छ । अहिले बजारमा यस्तो सोच विस्तार हुँदै गएको कम्पनीको भनाइ छ ।

लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्दशक आशुतोष खेतानले भने,‘यो शोरुमले ग्राहकलाई टायललाई राम्रोसँग हेर्न, प्रयोगअनुसार छनोट गर्न सहयोग पु¥याउँछ । अब टायल छनोट डिजाइन मात्र होइन, प्रयोगको आधारमा पनि गर्न सकिनेछ ।’
जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रा.लि.का अध्यक्ष छबिन्द्र भट्टराईले भने, ‘अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र हेर्दैनन् । टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेका छन् । यो शोरुमले त्यही कुरा बुझाउन सहयोग गर्छ ।’ लमिनारले देशभर यस्ता एम्पोरियो शोरुममार्फत आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ । कम्पनीले १६० भन्दा बढी शोरुम विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।