सिमरामा आदिवासी पत्रकारहरूको प्रदेशस्तरीय कार्यशाला सुरु

मेचीकाली संवाददाता

१४ असार २०८३, आईतवार
2 shares

मिलन गाहा

सिमरा । बाराको सिमरामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा ‘नेपाल वन उपयोग, व्यवस्थापन अधिकार तथा प्राकृतिक स्रोत सुशासनमा आदिवासी पत्रकारहरूको क्षमता अभिवृद्धि’ विषयक दुई दिने प्रदेशस्तरीय कार्यशाला सुरु भएको छ ।

वन उपयोग, व्यवस्थापन अधिकार, प्राकृतिक स्रोतको संरक्षण तथा सुशासनका विषयमा आदिवासी पत्रकारहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले असार १३ र १४ गते कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका आदिवासी पत्रकारहरूलाई वन व्यवस्थापन, प्राकृतिक स्रोतमा समुदायको अधिकार, वातावरण संरक्षण, सुशासन तथा यी विषयलाई प्रभावकारी रूपमा सञ्चार माध्यममार्फत उजागर गर्ने विषयमा प्रशिक्षण प्रदान गरिनेछ । साथै सहभागीहरूबिच अनुभव आदानप्रदान र समसामयिक विषयमा अन्तत्र्रिmयासमेत हुनेछ ।

कार्यक्रमलाई डिजिएम नेपाल, क्लाइमेट इन्भेष्टमेन्ट फन्ड, विश्व बैंक तथा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रको सहयोग रहेको छ । आयोजकका अनुसार यस प्रकारका क्षमता अभिवृद्धि कार्यक्रमले आदिवासी पत्रकारहरूलाई प्राकृतिक स्रोत, वन व्यवस्थापन र सुशासनका विषयमा तथ्यपरक तथा जिम्मेवार पत्रकारिता गर्न थप सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ ।