प्रचण्ड–माधव बुटवलमा, प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुने

मेचीकाली संवाददाता

२० असार २०८३, शनिबार
3 shares

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह–संयोजक माधव कुमार नेपाल बुटवल आएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनीहरू बुटवल आएको पार्टीका लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल (बलदेब)ले जानकारी दिए ।

नेकपाले शनिबार बुटवलको नयाँगाउँमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको उनले बताए । पार्टी एकतापछि बुटवलमा पहिलो पटक प्रदेश स्तरको प्रशिक्षण आयोजना गरिएको हो । प्रशिक्षणमार्फत पार्टीको नीति, सङ्गठनात्मक कार्यदिशा र भावी रणनीतिबारे प्रदेशस्तरीय नेताहरूबिच साझा बुझाइ विकास गर्दै सङ्गठनलाई थप सुदृढ र कार्यसम्पादनलाई प्रभावकारी बनाउने लक्ष्य रहेको जनाइएको छ ।