मेघराज तिम्सिना
एनएमबी बैंक, लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख
बजेट २०८३÷८४ र मौद्रिक नीति २०८३÷८४ आइसकेको छ । जनस्तरमा यसबारे व्यापक बहसहरु भइरहेका छल् । आर्थिक वर्ष २०८२÷८३ समाप्तितर्फ उन्मुख छ । यसै सन्दर्भमा एनएमबी बैंक लुम्बिनी प्रदेश प्रमुख मेघराज तिम्सिनासँग गरिएको विशेष कुराकानी ः
आर्थिक वर्ष २०८२÷८३ समाप्तितर्फ उन्मुख छ । बैंकहरुको अवस्था कस्तो छ ? देशको अहिलेको समग्र आर्थिक अवस्थालाई बैंकिङ क्षेत्रले कसरी हेरेको छ ?
अर्थतन्त्रलाई एउटै सूचकले मापनगर्न सकिँदैन । बैंकिङ प्रणालीमा तरलता पर्याप्त छ, ब्याजदर विगतको बर्षहरुको तुलनामा ऐतिहासिक रूपमा घटेको छ र वित्तीय प्रणाली स्थिर छ तर बजारमा माग पूर्ण रूपमा फर्किएको छैन । उपभोक्ताको क्रयशक्ति, निजीलगानी र उत्पादन बढ्न सके मात्र आर्थिक गतिविधि तीव्र हुन्छ । त्यसैले नीतिगत स्थिरता, सार्वजनिक पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन र निजी क्षेत्रको विश्वास पुनःस्थापना अत्यन्त आवश्यक छ । पछिल्लो केहीवर्षमा अर्थतन्त्रले विभिन्न चुनौती सामना ग¥यो ।
तर, अहिले धेरै सूचकहरू क्रमशः सकारात्मक दिशातर्फ उन्मुख छन् । बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ, ब्याजदर सस्तो र स्थिर बन्दै गएको देखिन् , रनिजी क्षेत्रमा लगानीको वातावरण विस्तारै हुँदै गएको छ । यद्यपि मागमा अपेक्षित सुधार आउन अझै समय लाग्न सक्छ । सरकार, निजी क्षेत्र र बैंकिङ क्षेत्रबिच समन्वय अझ प्रभावकारी बनाउन सकियो भने आगामी आर्थिक वर्ष थप उत्साहजनक बन्नेमा हाम्रो विश्वास छ ।
आर्थिक वर्ष २०८३÷८४ को बजेट र मौद्रिक नीति २०८३÷८४ सार्वजनिक भइसकेको छ, यसलाई कसरी लिनुभएको छ ?
बजेट र मौद्रिक नीति एक अर्काका परिपूरक हुन्छन् । बजेट र मौद्रिक नीति उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने, साना तथा मझौला उद्योगलाई सहजीकरण गर्ने, कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधिलाई प्रोत्साहन गर्ने गरी आएको छ । यसले समग्र अर्थतत्त्रलाई सकारात्मक प्रभाव पारेको छ । खासगरी व्यवसायलाई अनावश्यक प्रशासनिक झन्झटबाट मुक्त गर्ने, पूर्वाधारमा लगानी बढाउने र नीतिगत निरन्तरता सुनिश्चित गर्ने प्राथमिकताले निजी क्षेत्रले नयाँ लगानी गर्ने वातावरण बन्छ र हामी जस्ता बैंकहरू पनि त्यहीअनुसार सक्रिय रूपमा वित्तीय सहयोग गर्न तयार छन् ।
अहिलेको आवश्यकता उत्पादन, रोजगारी र लगानीलाई प्रोत्साहनगर्ने नै हो । बजेटले कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि र साना तथा मझौला उद्योगलाई विशेष प्राथमिकता दिएको छ । त्यस्तै, मौद्रिक नीतिले स्वस्थ कर्जा विस्तार, लगानी मैत्री वातावरण, डिजिटल बैंकिङको विस्तार तथा वित्तीय पहुँच बढाउने विषयलाई प्राथमिकतामा राखेको छ । निजी क्षेत्र मैत्रीस्थिर नीति र पूर्वानुमान योग्य सकारात्मक वातावरण भएमा निजी क्षेत्रको आत्मविश्वास अझ बढ्नेछ, लगानी बढ्ने छ । यसले सरकारले तोकेको आर्थिक वृद्धि तथा मौद्रिक नीतिले अगिंकार गरेको कर्जा वृद्धिलगायतका अन्य उपलब्धीहरु प्राप्त हुनेछन् ।
एनएमबी बैंकको बैंकिङ क्षेत्रमा फरक पहिचान छ, यसका प्रमुख विशेषता के हुन् ?
एनएमबी बैंकले सुरुदेखि नै ग्राहककमैत्री सेवा र ग्राहक केन्द्रित सेवा, नवप्रवर्तन, भ्यालुवेस र दिगो बैंकिङलाई प्राथमिकता दिएको छ । हामी केवलकर्जा र निक्षेपमा सीमित छैनौं, ग्राहकको व्यवसायिक वृद्धि र वित्तीय सफलताका साझेदार बन्ने प्रयास गर्छौं । डिजिटल बैंकिङ सेवाको विस्तार, छिटो सेवा प्रवाह, आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति तथा पारदर्शी कार्यशैली हाम्रा विशेषता हुन् । ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठुलो पूँजी हो ।
लुम्बिनी प्रदेशमा उद्यमी, व्यवसायी र आम युवाहरुका लागि एनएमबी बैंकले कस्ता सेवाहरु प्रदान गरिरहेको छ ?
मुलुकको झन्डै बिच भूभागमा अवस्थित लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, उद्योग, व्यापार र सेवा क्षेत्रको ठुलो सम्भावना छ । यी क्षेत्रलाई लक्षित गर्दै एनएमबी बैंकले व्यवसायिक तथा औद्योगिक ठुला कर्जा, कृषि कर्जा, एमएसएमई कर्जा, एसएमइ कर्जाका साथै, डिजिटल बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । नयाँ उद्यम सुरु गर्न चाहने युवा, महिला उद्यमी तथा साना व्यवसायीलाई आवश्यक वित्तीय पहुँच र परामर्श प्रदान गर्नु हाम्रो प्राथमिकतामध्ये एक हो ।
लुम्बिनी प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने हाम्रो प्रतिबद्धता छ । बैंकिङ व्यवसायको आधार नै जोखिम व्यवस्थापन हो । एनएमबी बैंकले गुणस्तरीय कर्जा, पारदर्शी मूल्याङ्कन, ग्राहकको वास्तविकक्षमताविश्लेषण र निरन्तर अनुगमनलाई उच्च प्राथमिकता दिएको छ । हामी केवलकर्जा प्रवाह गर्ने मात्र होइन, ग्राहकको व्यवसाय सफल होस् भन्ने उद्देश्यले आवश्यक सेवा, सहयोग र परामर्शसमेत प्रदान गर्छौं । त्यसैले जस्तो सुकै चुनौतीपूर्ण अवस्थामा पनि विवेकपूर्ण निर्णय र दीर्घकालीन सम्बन्धलाई प्राथमिकता दिएर एनएमबी बैंकका हरेक फोरमबाट वित्तीय सेवा दिएका छौं र सदैव तत्पर रहन्छौं ।
एनएमबी बैंकका प्राथमिकता के छन् ? आमग्राहक वर्गलाई के सन्देश दिन चाहनुहुन्छ ?
मुख्यतयः डिजिटल बैंकिङ, सुरक्षित प्रविधि, हरित वित्तलगानी र ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने एनएमबीको लक्ष्य छ । बैंकिङ सेवा हाम्रा केवल शाखाभित्र सीमित नरहीे डिजिटल माध्यमबााट ग्राहकका हात हातमा पुगेको छ । यसलाई थप प्रभावकारी र परिष्कृत बनाउँदै लगिनेछ । हामी वित्तीय पहुुँच र समावेशीकरणलाई अझ सुदृढ बनाउँदै शहरका गल्ली गल्लीदेखि ग्रामीण क्षेत्रका कुनाकुनासम्म आधुनिक र डिजिटल बैंकिङ सेवालाई अभैm चुस्त दुरुस्तर विस्तार गर्ने योजनामा छौं । ग्राहकलाई हाम्रो बिनम्र आग्रह छ, एनएमबी बैंकमा आउनुहोस् । वित्तीय कारोबार गर्नुहोस्, एनएमबीको डिजिटल बैंकिङ प्रणालीसँग जोडिनुहोस्, बचत र लगानीको संस्कार विकास गर्नुहोस् । ढुक्क हुनुहोस् एनएमबी बैंक तपाईंको भरपर्दो वित्तीय साझेदारका रूपमा सधै साथमा रहनेछ ।
