विजय टोल विकास संस्थाको १५औँ साधारणसभा सम्पनन

मेचीकाली संवाददाता

३१ श्रावण २०८३, आईतवार
12 shares

बुटवल । बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित विजय टोल विकास संस्थाको १५औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष यमप्रसाद गैरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । संस्थालाई थप उचाइमा पु¥याउन सबै सदस्यहरुलाई एकजुट भइ अघि बढ्न उनले आग्रह गरे ।

यस्तै, बुटवल उपमहानगरपालिका–१३ का जनप्रतिनिधि लालबहादुर गुरुङले विजय टोल विकास संस्थाले सर्वोत्कृष्ट कार्य गरेको बताउँदै उपमहानगरपालिकाभित्रकै उत्कृष्ट टोलको रूपमा पहिचान बनाउन सफल भएको उल्लेख गरे । आगामी दिनमा पनि टोलबासीका समस्या समाधानसँगै सामाजिक कार्यमा अग्रसर उनले आग्रह गरे ।

साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसहमत रुपमा पारीत गरेको छ । कार्यक्रममा एसइईमा उत्कृष्ट जीपीए ल्याउन सफल युगल पन्थी, पुजन मरासिनीलाई सम्मान गरीएको थियो । यस्तैगरी ज्येष्ठ नागरिकतर्फ चिन्तामणि भुसाल, अनकराज गैरे, तथा स्वर्गीय होमबहादुर आलेको नाममा अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने जमुना आलेलगायतलाई पनि सम्मान गरीएको थियो ।

कार्यक्रममा विद्यार्थी युगल पन्थी, संस्थाका सहसचिवमा सिर्जना नेपाल, जितेश्वरी पाणिनी उद्यानका अध्यक्ष ऋषिराम आचार्य, जितगढी टोल विकास संस्थाका अध्यक्ष ताराप्रसाद गौडेल, प्रहरी चौकीका इन्चार्ज रणबहादुर बिसी लगायतले आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा झोलुङ्गे पुल टोल विकास संस्थाका अध्यक्ष नोलराज पौडेल, न्यूरेटोल विकास संस्थाका अध्यक्ष मिनराज भुसाल, नागरिक टोलका अध्यक्ष पोमनारायण पौडेल, शान्ति चोक टोल विकास संस्थाका अध्यक्ष माया बेलबासे, सिर्जना टोलका अध्यक्ष अनिता गौतम, बेलबोट टोलका सचिव मिनु सिंह थापा, बदेलपोखरी टोल विकास संस्थाका सदस्य रामप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष धुव्र सापकोटाको स्वागत तथा सचिव दिनानाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।