कालिकानगरमा ‘ब्रु एण्ड बेक’ एकेडेमी सञ्चालनमा

मेचीकाली संवाददाता

६ भाद्र २०८३, शनिबार
5 shares

बुटवल । युवालाई स्वदेशमा सीप सिकाउँदै रोजगारी सृजना गराउने उद्देश्यसहित बुटवलमा ब्रु एण्ड बेक एकेडेमी सञ्चालनमा आएको छ । बुटवल–११ कालिकानगरमा वारिष्ठा, बेकरी र वाल टेनिङ सञ्चालन गर्ने गरी एकेडेमी सञ्चालनमा आएको हो । १ करोड रुपैयाँको लगानीमा सञ्चालमा आएको एकेडेमीको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । सो अवसरमा बोल्दै एकेडेमीका प्रबन्ध निर्देशक अतित थापाले युवालाई आफ्नै देशमा सीप सिकाएर स्वरोजगार बनाउने गरी एकेडेमी सञ्चालनमा ल्याएको बताए ।

‘युवाले अब सिप सिक्न जरुरी छ’ प्रबन्ध निर्देशक थापाले भने, ‘दक्ष कामदार सबै क्षेत्रमा अभाव छ । हामीले सञ्चालन गरेको एकेडेमीले केही भए पनि परिपूर्ति गर्ने अपेक्षा गरिएको छ ।’ ऐकेडेमीमा बेकरीको एक महिने, वारिष्ठाको एक महिने र वाल टेडिङको ३ महिने तालीम सञ्चालन ऐकेडेमीका अध्यक्ष संकल्प श्रेष्ठले बताए ।

बेकरीको तालीम दिने सञ्जीव राना, वारिष्ठाको तालीम दिने कृष्टिना गुरूङ र सन्देश ज्ञवाली र वाल टेडिङको प्रज्वल पाण्डे छन । उनीहरु सबै क्षेत्र मानिन्छन । अहिलेसम्म १०० भन्दा बढीले तालीम लिइसकेका छन । प्रबन्धक थापा द कन्सेप्ट क्लब एण्ड पबको अध्यक्ष पनि हुन । पछिल्लो समय युवा पुस्तामा कफी, बेकरी र वाल टेडिङको कल्चल विकास हुँदै पनि गएको छ ।