बाढी प्रभावितलाई वालिङका लेखापढी व्यवसायीद्वारा १० हजार सहयोगको घोषण

मेचीकाली संवाददाता

११ भाद्र २०८३, बिहीबार
86 shares

वालीङ । रसुवा जिल्लामा गएको भीषण प्राकृतिक विपत्तिका कारण भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै लेखापढी व्यवसायी संघ, वालिङ इकाइले प्रभावितका लागि राहत स्वरुप १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

​वालिङ इकाइका अध्यक्ष कृष्ण अर्यालको अध्यक्षतामा सा्पुन्न लेखापढी वयवसायी लगायत बसेको बैठकले उक्त प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिप्रति संवेदना प्रकट गर्दै विपद्को यस कठिन घडीमा पीडित परिवारलाई सानो भए पनि राहत र मद्दत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।

​इकाई संमीती वालिङ ले ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र राहत कार्यमा सबै क्षेत्रबाट ऐक्यबद्धताको अपेक्षा गरिएको छ।