बुटवल । भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पाल्पाको तिनाउ गाउँपालिकाले ३२ लाख सहयोग गर्ने निर्णय गरेको छ । पालीकाले बिपदबाट ज्यान गुमाउने नागरिकलाई श्रद्धाञ्जली तथा परीबारजनमा गहीरो समबेदान प्रकट गरेको छ । घोषणा गरेको सो रकम प्रधानमन्त्री राहत कोष मार्फत सहयोग गर्ने तिनाउ गाउँपालीकाका अध्यक्ष पे्रम श्रेष्ठले जानकारी दिए ।
तिनाउ गाउपालीकाको बिपद् ब्यबस्थापन कोषबाट तिन लाख, हरीतालीका तिज लगायत बिभिन्न शिर्षकमा बिनीयोजन गरीएको चार लाख तथा तिनाउ गाउँपालीकामा कार्यरत जनप्रतीनीधी, कर्मचारी र शिक्षकहरुको पारीश्रमीकबाट पच्चीस लाख चौध हजार गरी कुल ३२ लाख १४ हजार रुपैयाँ प्रदान गर्ने निर्र्णय भएको हो ।
बैठकले उद्धार कार्यमा सहभागी सबै सुरक्षा सम्यन्त्र साथै आम नागरीकलाई सहयोग गर्न र गरेकालाई आभार प्रकट गरेको छ । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको तिनाउ गाउँपालीकाका प्रशासकीय अधिकृत दिनेश सारुले बताए । बैठकले घाईतेको शिघ्र स्वास्थ्य लाभको कामनासहित बेपत्ता नागरीकको खाजीमा सहयोग गर्न सबैलाई अपील गरेको छ ।
