स्याङ्जा–मालुङ्गा–रुपन्देही सम्पर्क समाजद्वारा २ लाख १ हजार सहयोग

मेचीकाली संवाददाता

१६ भाद्र २०८३, मंगलवार
24 shares

बुटवल । रसुवा, धादिङ र नुवाकोटमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले स्याङ्जा–मालुङ्गा रुपन्देही सम्पर्क समाजले प्रधानमन्त्री राहत कोषमा रु। २ लाख १ हजार आर्थिक सहयोग गरेको छ।

समाजले विपद् तथा संकटका समयमा प्रभावित नागरिकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। समाजमा आबद्ध सदस्यहरूको सहयोग तथा सहभागिताबाट संकलित रकम बाढीपीडितको राहतका लागि कोषमा जम्मा गरिएको जनाइएको छ।

रसुवा, धादिङ र नुवाकोटमा आएको बाढीका कारण प्रभावित नागरिकलाई तत्काल राहत तथा आगामी पुनःस्थापनाका कार्यमा सहयोग पुग्ने विश्वाससहित समाजले आफ्नो सामाजिक दायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।

समाजले आगामी दिनमा पनि सामाजिक सेवा, मानवीय सहयोग तथा विपद्मा परेका समुदायको हितका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

स्याङ्जा–मालुङ्गा रुपन्देही सम्पर्क समाजले यस सहयोगमार्फत बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक एकता, सहकार्य र मानवीय सेवाको भावना अझ मजबुत बनाउन योगदान पुगेको विश्वास लिएको जनाएको छ।