गणेश ज्ञानज्योती स्कुलको जुनियर रेडक्रसद्वारा बाढीपीडितलाई ८० हजार सहयोग

मेचीकाली संवाददाता

१६ भाद्र २०८३, मंगलवार
17 shares

तुलसीराम पौडेल

सेमलार । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ सेमलारस्थित गणेश ज्ञानज्योती पब्लिक हाइस्कुलको जुनियर रेडक्रस सर्कलले भोटेकोसी बाढीपीडितलाई सहयोग गरेको छ।

विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय सञ्चालक समितिका पदाधिकारीहरूबाट संकलन गरिएको ८० हजार १ सय ५५ रुपैयाँ नगद रकम जुनियर रेडक्रसका संरक्षक एवं विद्यालयका प्रधानाध्यापक कुलराज शर्मालाई हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएको रकम सम्बन्धित निकायमार्फत भोटेकोशी बाढीपीडितलाई राहतस्वरूप पठाइनेछ।

जुनियर रेडक्रस सर्कलको संरक्षकमा विद्यालयका प्रधानाध्यापक कुलराज शर्मा ,शिक्षक सभा नायकमा विद्यालयका सहायक प्रधानाध्यापक डोलराज खरेल रहेका छन् । भने सह शिक्षक सभानायकमा हरिप्रसाद अधिकारी छन् ।

विद्यालयको जुनियर रेडक्रस सर्कलले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ।