बुटवल । साधना महिला विद्यालय, बुटवलले भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीहरूबाट उक्त रकम जुटाएर प्रधानमन्त्री दैविक प्रकोष उद्दार कोषमा जम्मा गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक विष्णु गौतमले विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताउँदै विद्यालयको तर्फबाट सानै भए पनि सहयोग गरिएको बताइन् । साधना महिलाहरुले मात्र अध्यय गर्ने बुटवलको सामुदायिक विद्यालय हो । अहिले बाढी प्रभावितको लागि यस क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयबाट सहयोग गर्ने क्रम जारी छ ।
