सियारी । भोटेकोशी नदीमा आएको बाढी पहिरोबाट प्रभावित क्षेत्रका नागरिकको राहतका लागि सियारी गाउँपालिका ७ अमवास्थित समीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ।
सहकारीले बाढी पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ७ हजार ५०० सहयोग गर्ने निर्णय गरेको हो।
सहकारीका अध्यक्ष सूर्य नारायण यादवका अनुसार उक्त सहयोग रकम मध्ये संस्थातर्फबाट १ लाख १ हजार र कर्मचारीहरुबाट रु ६ हजार ५०० संकलन गरिएको हो। उक्त रकम सियारी गाउँपालिकाको कार्यालयमार्फत् उद्धार कोषमा जम्मा गरिएको व्यवस्थापक इन्द्र कुमारी रानाभाटले बताइन् ।
