मुक्ति न्यौपाने
वालिङ । भेषराज साहित्य प्रतिष्ठान, वालिङको आयोजनामा १६१ औँ मोती जयन्तीको अवसर पारेर मासिक रचनावाचनको १०० औँ ऐतिहासिक श्रृंखला सम्पन्न भएको छ। वालिङ नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा साहित्यप्रेमी तथा स्थानीय स्रष्टाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेकलाल काफले, ढालबहादुर केसी, कमल बगाले लगायतले कविता वाचन तथा कार्यक्रमबाारे प्रकाश पाारेका थिए ।
कार्यक्रममा प्रा.डा. शालिग्राम सुवेदी, पूर्व प्रा.प्र.लोकराज भुसाल, सेवा निवृत्त शिक्षक धुव्रराज अधिकारी, अनन्त अर्याल, अर्जुन पोख्रेल, चण्डीप्रसाद डुम्रे, लालबहादुर के.सी तथा प्र.अ. लिलाधर ढकाल लगायतले मोतीराम भट्टको योगदानको स्मरण गर्दै आफ्ना मन्तव्य तथा रचना प्रस्तुत गरेका सिथए ।
कार्यक्रमको सञ्चालन श्यामप्रसाद ढुंगानाले गरेका थिए ।
