एनपीएलमा चितवन र कर्णालीको रोमाञ्चक जित

मेचीकाली संवाददाता

११ कार्तिक २०८३, मंगलवार
2 shares
एनपिएल उद्घाटन खेलमा दर्शकले भरिभराऊ त्रिवि क्रिकेट मैदान काठमाडौँ, ९ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भरिभराऊ दर्शकको ड्रोनबाट लिइएको दृश्य । तस्बिर : घनश्याम श्रेष्ठ/रासस

बुटवल, कार्तिक १० । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएका दुई खेलमा चितवन राइनोज र कर्णाली याक्सले रोमाञ्चक जित निकालेका छन् ।

पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित ग¥यो । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एकएक विकेट लिए । १८ औं ओभरमा लगातार दुई विकेट लिँदै कमलले खेल चितवनतर्फ फर्काए ।
जितका लागि विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो । तर, १८ औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगर धरापमा प¥यो । रुपेश सिंह र प्रतिश जिसी कुनै पनि रन नजोडी पभेलियन फर्किए । १९ औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिँदै खेल चितवनको पक्षमा धकेले ।

कुनै समय कठिन अवस्थामा रहेको विराटनगरका लागि आन्द्रे रसेलले आक्रमक ब्याटिङ गर्दै सहज स्थितिमा पु¥याएका थिए । रसेलले १७ बलमा एक चौका र ४ छक्कासहित ३३ रन बनाए । चरिथ असलंका ८ र बसिर अहमद १३ रनमा आउट भए । उनले एन्जेलो म्याथ्युजसँग २४ बलमा ४३ रनको साझेदारी गरेका थिए । एन्जेलो १४ रनमा आउट भए । विराटनगरका ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए । उनले पहिलो विकेटका लागि लोकेश बमसँग ४० रनको साझेदारी गरेका थिए । लोकेश १४ बलमा २६ रन बनाएर आउट भए । शुभम रञ्जाने १० र सन्दीप लामिछाने कुनै पनि रन नजोडी आउट भए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका लागि ओपनर डाविड मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिएका थिए । मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए । देव खनाल १५ बलमा १२ रन बनाएर आउट भए । विराटनगरका चरिथ असलंकाले पहिलो विकेट दिलाएका थिए । विकेटकिपर ब्याटर अर्जुन साउद ९ बलमा ३ रन बनाएर पभेलियन फर्किए । उनलाई ११औं ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजले कप्तान सन्दीप लामिछानेको हातबाट क्याचआउट गराएका थिए ।

१३ औं ओभरको दोस्रो बलमा मलान आन्द्रे रसेलको बलिङ आउट हुँदा चितवनको ब्याटिङ कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले । रवि र डानले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे । रवि ३२ र डान २९ रनमा अविजित रहे ।

यस्तैगरी मंगलबारनै भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जित हासिल गरेको छ । कर्णालीले जितको लागि दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो ।

जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । त्यसैगरी मोइन अली र हरमित सिंहले समान १९ रन बनाए भने जेम्स निसमले १५ रन जोडे । मयन यादवले १४ तथा अनिल शाहले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो ।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा चार छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफले ३७ रनको योगदान दिए । उनले ३७ बलमा तीन छक्का प्रहार गरे । दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे । जनकपुर बोल्ट्सका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए । राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए भने मोइन अलीले पनि २ विकेट हात पारे । ललित राजवंशीले १ विकेट लिए ।
तेस्रो संस्करणको एनपिएल विजेताले एक करोड ५० लाख पाउनेछन् ।