बुटवल, कार्तिक १९ । यामाहा नेपालको यस क्षेत्रको आधिकारिक विक्रेता बुटवल बाइकर्स प्रालि कालिकानगरबाट स्कुटर खरिद गर्दा तिलोत्तमा मणिग्रामकी सरस्वती खनाल रायमाझीले दश लाख जितेकी छन् । यामाहाले दसैँ÷तिहारलाई लक्षित गर्दै ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक नयाँ चाडपर्व अभियानमा स्कुटर किन्दा रायमाझीले १० लाख पुरस्कार प्राप्त गरेकी हुन् । उनले यामाहाको रे–जेडआर स्कुटर खदिर गरेकी थिइन् ।
यामाहाका अनुसार यो कम्पनीले ल्याएका अहिलेसम्मकै ठूला चाडपर्व लक्षित अफरमध्ये एक हो । यामाहा शोरुमका रिजनल म्यानेजर विवेक सिंघारले चाडपर्वको समयमा नेपाली ग्राहकका लागि उत्कृष्ट प्रदर्शन र सहज पहुँचलाई एकसाथ अघि बढाउने यमाहाको लक्ष्यमा निरन्तर र प्रतिबद्धताको अभियान रहेको बताए । पुरस्कार जितेपछि सरस्वती खनालले यामाहा रे–जेडआर खरिद गर्दा नैं आफू उत्साहित भएको बताउदै १० लाख जितेपछि आफू निकै खुसी लागेको बताइन । ‘म साच्चै धेरै खुसी छु’ र यो अदभूत उपहारका लागि यामाहाप्रति आभारी छु ।’
सरस्वतीका श्रीमान अजय रायमाझीले पनि याहाबाटै बाइक खरिद गरेपछि सरस्वतीले स्कुटर किनेकी थिइन । एक जनाले बम्पर पुरस्कार जिते पनि यामाहाको चाडपर्व लक्षित उत्साह अझै जारी रहेको प्रालिका सञ्चालक पुरन अधिकारी बताए ।
‘चंगा चट् जितको नयाँ अपग्रेट अभियान अझै जारी छ, जसले धेरै ग्राहकहरुलाई यामाहाका सवारी साधन खरिद गरेर यसमा सहभागी हुने र आकर्षक पुरस्कारहरु जित्ने अववसर प्रदान गरिरहेको छ’ रिजनल म्यानेजर सिंघारले भने, ‘तपाई पनि १० लाख रुपैयाँसम्म जित्ने अर्को भाग्यमानी विजेता बन्न सक्नुहुन्छ । चंगा चट् जितको नयाँ अपग्रेट हुन आग्रह गर्दछु ।’ यामाहाले ग्राहकलाई आफ्नो आवश्यकता र रोजाइअनुसार विभिन्न मोडल छनोट गर्ने अवसर प्रदान गर्दै आएको छ ।

