मानपकडी खानेपानीको चौथो साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२९ पुष २०७८, बिहीबार
752 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुध्दोधन गाउँपालिका–५ स्थिीत मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था को चौथो साधारणसभा सम्पन्न भएको छ।

कृपानाथ चौधरीको अध्यक्षता, लुम्बिनी प्रदेश सभासद् पुष्पा चौधरीको प्रमुख आतिथ्यता, शुद्धोधन गाउँपालिका–५ का वडा अध्यक्ष पुन्नेराम गौतमको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुष्पा चौधरीले वडाका स्थानीय हरुको पहलका कारणले खानेपानी र सरसफाई संस्थाले महत्वपूर्ण कार्य गरेकोमा धन्यवाद व्यक्त गरिन ।

हामीले मौलिक अधिकार पाउनुपर्छ भन्ने नेपाल सरकारको मुल उद्देश्यका साथ लागि परेको बताउँदै एक घर एक धारा को लुम्बिनी प्रदेश सरकारको योजना रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य हरुले पनि आफ्नो जिम्मेवारीमा हेलचेक्राइँ नर्गन सभासद् पुष्पा चौधरीले आग्रह गरिन्।

शुद्धोधन गाउँपालिका ५ का अध्यक्ष पुन्नेराम गौतमले एक घर एक धारा को मुल नारा लाई सबै स्थानीयले सहयोग गर्नुपर्नेमा जोड दिदै यस संस्थाले छिटोभन्दा छिटो खानेपानी को विस्तार गर्नुपर्ने आग्रह गर्दै यस मानपकडी खानेपानी उपभोक्ता समितिका नवनिर्वाचित समितिले आफ्नो जिम्मेवारीमा हेलचेक्राइँ नगरि काम गर्ने छ भन्ने आशा ब्यक्त गरे।

साधारणसभामा अध्यक्ष कृपानाथ चौधरीले संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष पार्वती पाण्डेले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकोमा प्रतिवेदन सर्वसम्मत पारित भएको छ। संस्थाका उपाध्यक्ष पलटन चौधरीको स्वागत र संस्थाका सचिव चन्द्रभान चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।