दलित सामुदायिक भवनको मुल प्रवेशद्वार शिलान्यास

मेचीकाली संवाददाता

८ चैत्र २०७८, मंगलवार
394 shares

रामबहादुर गन्धर्व
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–१ उत्तमनगरमा अवस्थित बाणगंगा दलित सेवा समाजको दलित सामुदायिक भवनको मुल प्रवेश द्वार शिलान्यास गरिएको छ ।

बाणगंगा नगरपालिकाका कार्यपालिका सदस्य पुर्णकला सुनार, कृष्णबहादुर बि.क., योगनाथ सुनार लगायतले संयुक्त रूपमा शिलान्यास गरेका थिए । दलित समुदायका सम्पूर्ण कार्यक्रम तथा हरेक गतिविधि सञ्चालन भइरहेको उक्त भवनको मुल प्रवेशद्वार ५७ औं अन्तर्राष्ट्रिय जातिय विभेद तथा रङभेद उन्मुलन दिवसको अवसर पारी शिलान्यास गरिएको प्रवेशद्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष टिकाराम सुनारले जानकारी दिए ।

 भवनको सुरक्षाका लागि मुल गेट अत्यावश्यक भएकाले निर्माण कार्यमा लागिहाल्ने उपभोक्ता समितिले जनाएको छ । दलित अधिकारकर्मी समेत रहेका सुनारले अन्तर्राष्ट्रिय जातिय तथा रङ्ग बिभेदको अवसरमा शुभकामना ब्यक्त गर्दै दलित र बहिष्करणमा परेका समुदायको हकअधिकार संरक्षण, संवद्र्वनका लागि राष्ट्रिय दलित आयोग र समावेशी आयोग जस्ता छुट्टै स्वतन्त्रता अधिकार सम्पन्न संबैधानिक निकायको स्थापना भए पनि वास्तविक पिडितले अझै न्याय पाउन नसकिरहेको बताए ।

दलित अधिकारकर्मी मनोज नेपाली, दिलबहादुर खाती, ज्ञान बहादुर नेपाली, रघुनाथ बि.क.लगायतको उपस्थिति रहेको कार्यक्रम पुर्णचन्द्र परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।