विवाह गर्दै बुद्धि तामाङ

मेचीकाली संवाददाता

६ आश्विन २०७९, बिहीबार
971 shares

अभिनेता बुद्धि तामाङले विवाह गर्ने भएका छन्। उनी भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह सम्बन्धमा गाँसिन लागेका हुन्।

उनले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेको बताए। अनुसँग उनको मागी विवाह हुन लागेको हो। ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन्।

अभिनेता बुद्धिले ‘साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोलेलगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन्। बुद्धि नेपाली सिने क्षेत्रमा ‘हैट’ नामले चर्चित छन्।