आधारभूत स्काउट तालिम बगनासकालीमा सम्पन्न

मेचीकाली संवाददाता

१ कार्तिक २०७९, मंगलवार
633 shares


नेत्र गैरे

पाल्पा ।बगनासकाली गाउँपालिकाका ४२ जना शिक्षकले आधारभूत स्काउट माष्टरको तालिम लिएका छन् । ५०६औ बि टि सी र ३६८औ पि टि सी स्काउट कोर्शको तालिम बगनासकाली ३ नायर नमतलेसमा सम्पन्न भएको हो ।


बगनासकाली गाउँपालिकाको आर्थिक सहयोग र स्थानिय स्काउट समितिको आयोजनामा गाउँपालिका भित्र रहेका माध्यमिक तथा आधारभूत विद्यालयका शिक्षकहरूका लागि संचालन गरिएको ५ रात,६ दिनको आवासीय आधारभूत स्काउट तालिममा सहभागी भई स्काउट मास्टरका रूपमा दिक्षित भएकाछन् ।

तालिमको समापन समारोहका प्रमुख अतिथि स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले बालबालिका र युवाहरुलाई व्यापक रूपमा स्काउटिङ्ग अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागी गराउने उदेश्यले बि.टि.सि ÷पि.टि.सि तालिममा बिशेष जोड दिएको बताए ।


समारोहमा बगनासकाली गाउँपालिकाका अध्यक्ष तथा स्थानीय स्काउटका संरक्षक सरस्वती चिदीले अब हरेक बिधालयमा स्काउट लाई विस्तारमा लागि पर्न आग्रह गर्नु भएको छ । उनले स्काउट क्रृयाकलापलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्द्ता व्यक्त गर्दै सहभागीहरुलाई सफलता पुर्वक तालिम सम्पन्न गरेकोमा धन्यबाद व्यक्त गरिन ।
गाउँपालिका उपाध्यक्ष तथा स्थानीय स्काउट प्रमुख हरि प्रसाद पाठकले स्काउटको मर्म अनुसारको काम काम गरि स्काउट गतिविधि मार्फत गुणस्तरीय शिक्षालाई सबल बनाउन गाउँपालिकाको सकारात्मक सहयोग रहने बताए ।


समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तीले स्काउटको मर्म अनुसार कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको र आगामी दिनमा योजनाका साथ काम गर्न आवस्यक रहेको बताए । दिक्षान्त समारोहमा बगनासकाली ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी , स्काउट प्रदेश सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज जीवन आचार्य ,नेपाल पत्रकार महासंघ पाल्पाका सचीव यज्ञमुर्ति तिमिल्सिना , सहभागी अम्बिका भट्टराई ,पुरुष कोर्षका कोर्ष लिडर दामोदर बस्नेत लगायतले कार्यक्रम प्रभावकारी रुपमा सुरु भएको र यसको निरन्तरताका लागि सबै क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताए ।


बगनासकाली स्थानीय स्काउट समितिका संयोजक दयाराज न्यौपानेले तालिमबाट प्रशिक्षक उत्पादन भएको बताउदै यो आर्थिक बर्षमा बिधालयहरुमा स्काउट ट्रुप संचालन गर्ने योजना रहेको बताए ।
तालिममा स्काउटको इतिहास यसले गर्ने काम ,बिपदमा गरिने काम , पद यात्रा र त्यस्का फाइदा ,क्याम्प फायरको महत्व ,गाठो, डोरीको प्रयोग ,सामाजिक परोपकारका काममा ,प्राथमिक उपचार , लगायतका जीवन उपयोगी सीप सिकाइएको थियो ।
तालिमको प्रशिक्षण तथा सहजीकरण राष्ट्रिय प्रशिक्षक द्धय दामोदर बस्नेत र बिजयश्वरी अमात्यको टोलीले गरेको स्थानिय स्काउट समितिले जनाएको छ ।