बुटवल, मंसिर ८ । यस क्षेत्रका विद्यालय र क्याम्पस तहका विद्यार्थीलाई लक्षित गरी राष्ट्रियताको विषयमा पढाइने भएको छ । सुस्ता बचाउ युवा अभियान, नलपरासीले यहीँ मंसिर १४ गते बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सीमा र रक्षाविद्लाई ल्याएर राष्ट्रियता भौगोलिक अखण्डता, वीर पुर्खाहरुको योगदान र युवाहरुको भूमिका विषयक वृह शिक्षामूलक अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतम युवा पुस्ता विद्यार्थीहरुमा देश प्रतिको माया, जिम्मेवारी र सचेतनाको भावना प्रगाढ बनाउन कार्यक्रम गर्न लागिएको बताए ।
कक्षा ९, १०, ११, १२ का विद्यार्थी र स्नातक तहका युवा विद्यार्थीहरू कार्यक्रममा सहभागी हुने संयोजक गौतमले बताए । प्रशिक्षणमा सिमाविद् बुद्धिनारायण श्रेष्ठ र नेपाली सेनाका पूर्व उपरथी रक्षाविद् डा.पूर्णबहादुर सिलवाल जानकारी गराउनेछन । कार्यक्रममा दिप बोर्डिङ हाई स्कूलका प्राचार्य तथा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टिम विद्यार्थी युवा पुस्तालाई राष्ट्रियताको विषयमा ज्ञान दिन आवश्यक रहेको बताए । स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकहरुमा राष्ट्रियताको विषय जोडेर प्रत्येक विद्यार्थी अझै यसले सार्थकता पाउने न्यौपानेले बताए ।
यस्तै नवीन औद्योगिक कदरबहादुर रीता माविका प्राचार्य प्रेमबहादुर बस्नेतले यस्ता कार्यक्रमले विद्यार्थीमा राष्ट्रियता जर्गेना गर्न भावना जागृत हुने विश्वास व्यक्त गरे । अभियानले गत वर्ष पनि यस्तै कार्यक्रम गरेको थियो । जसमा उल्लेख्य विद्यार्थीको सहभागिता थियो । अभियालने सुस्तामा नेपाली भूमि मिचाएको विषयमा लगातार आवाज उठाउदै आएको छ । कार्यक्रम बुटवलका पुराना इतिहासका रवीन्द्रगोपाल लौकलको अध्यक्षतामा भएको थियो ।

