बुटवल । राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका एक सदस्यले एसईईको नतिजा प्रकाशित गर्ने सम्भावना रहेको जानकारी दिए ।
कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको विषयमा निर्णय लिन बोर्ड बैठक डाकिएको थियो । सोही बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने स्रोतले जनायो ।
अहिले बोर्ड बैठक बसिरहेको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गर्न लागिएको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए ।
५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन् । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np लगायत अन्य साइटबाट पनि हेर्न सकिनेछ ।