आधारभूत स्काउट तालिम सत्यवतीमामा सम्पन्न

मेचीकाली संवाददाता

२१ पुष २०७९, बिहीबार
723 shares


नेत्र गैरे

गुल्मी । सत्यवती गाउँपालिकाका २४ जना शिक्षकले आधारभूत स्काउट माष्टरको तालिम लिएका छन् । ५१२औ बि टि सी स्काउट कोर्शको तालिम सरस्वती माध्यमिक बिधालय लिम्घा सम्पन्न भएको हो ।


सत्यवती गाउँपालिकाको आर्थिक सहयोग र स्थानिय स्काउट समितिको आयोजनामा गाउँपालिका भित्र रहेका माध्यमिक तथा आधारभूत विद्यालयका शिक्षकहरूका लागि संचालन गरिएको ५ रात ६ दिनको आवासीय आधारभूत स्काउट तालिममा सहभागी भई स्काउट मास्टरका रूपमा दिक्षित भएका हुन ।


तालिमको समापन समारोहमा गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बालबालिका र युवाहरुलाई व्यापक रूपमा स्काउटिङ्ग अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागी गराउने उदेश्य पुरा गराउन बि.टि.सि तालिम सार्थक रहने बताए । अब हरेक बिधालयमा स्काउट लाई विस्तारमा लागि पर्न आग्रह गर्दै उनले आफु पनि गाउँपालिकाको स्काउट संरक्षकको रुपमा दिक्षित भएको हुँदा स्काउट क्रृयाकलापलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्द्ता समेत व्यक्त गरे ।


गाउँपालिका उपाध्यक्ष तथा स्थानीय स्काउट प्रमुख निरुमाया तरामुले स्काउटको मर्म अनुसारको काम गरि स्काउट गतिविधि मार्फत गुणस्तरीय शिक्षालाई सबल बनाउन गाउँपालिकाको सकारात्मक सहयोग रहने बताइन । स्काउटको पाठ्यक्रम अनुसार तालिम सफलता पुर्वक सम्पन्न भएको र आगामी दिनमा योजनाका साथ काम गर्न आवस्यक रहेको उनले बताइन ।
समापन समारोहमा तालिम दलका कोर्ष लिडर प्रमोद सिग्देलले तालिमलाई तालिममा मात्र सिमित नराखी स्काउटिङ गतिविधिलाई व्यापक बनाउन तालिम प्राप्त शिक्षकहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले तालिम प्रभावकारी र उत्साहजनक रुपमा सम्पन्न भएको हुँदा यसको निरन्तरता र बिस्तारका लागि सबै क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताए ।
सत्यवती स्थानीय स्काउट समितिका संयोजक कृष्ण पुलामीले स्थानिय स्काउट समितिले गुल्मी जिल्लामा संचालन गरेको पहिलो र सफल तालिम रहेको बताए । अहिले तालिमबाट प्रशिक्षक उत्पादन भएको र यो आर्थिक बर्षमा बिधालयहरुमा स्काउट ट्रुप संचालन गर्ने योजना समितिको रहेको संयोजक पुलामीले बताए ।


तालिममा स्काउटको इतिहास यसले गर्ने काम ,बिपदमा गरिने काम , पद यात्रा र त्यसका फाइदा ,क्याम्प फायरको महत्व ,गाठो, डोरीको प्रयोग ,सामाजिक परोपकारका काममा ,प्राथमिक उपचार , लगायतका जीवन उपयोगी सीप साथै सैद्धान्तिक ज्ञान र व्यवहारिक सीपहरु सिकाइएको थियो ।


तालिमको प्रशिक्षण तथा सहजीकरण राष्ट्रिय सहायक प्रशिक्षक प्रमोद सिग्देल, नेत्र गैरे, बिष्णु पराजुली, रमेश गैरे र पुकार ढकालको टोलीले गरेको स्थानिय स्काउट समितिले जनाएको छ ।