स्काउट आधारभूत तालिम दमकडामा सम्पन्न

मेचीकाली संवाददाता

२० माघ २०७९, शुक्रबार
582 shares


नेत्र गैरे

पाल्पा । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजना र नेपाल स्काउट लुम्बिनी प्रदेशको समन्वयमा ६ दिने स्काउट ५१८ औ बि.टि.सी. र ३७८औ पि.टि.सी.तालिम तानसेन ९ दमकडामा सम्पन्न भएको छ


तालिममा पाल्पा र गुल्मी जिल्लाका माध्यमिक तथा आधारभूत विद्यालयका २४ जना पुरुष शिक्षक र २१ जना महिला शिक्षिकाहरूको सहभागिता रहेको थियो । २०७९ माघ १३ देखि १८ सम्म चलेको आधारभूत स्काउट तालिममा सहभागी भई स्काउट मास्टरका रूपमा दिक्षित भएको नेपाल स्काउट लुम्बिनी प्रदेशले जनाएकोछ ।

तालिम समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश सासंद माननीय दिनेश पन्थीले स्काउटको माध्यम बाट भएका गतिविधिले बिद्यालय, समुदायमामा बालबालिकाको सकारात्मक भुमिका रहने बताए । सांसद पन्थीले देशमा संघीयताको बिकास संगै स्काउटको दिगोपनमा सहज भएको र तालिमलाई युवा र बालबालिका सम्म पुर्याउन अहिलेको आवस्यकता रहेको बताए ।


नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले बालबालिका र युवाहरुलाई व्यापक रूपमा स्काउटिङ्ग अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागी गराउने उदेश्यले तालिममा बिशेष जोड दिएको बताए ।


समारोहमा सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्यालले पाल्पा र गुल्मीलाई समेटेर तालिम आयोजना गरिएको बताउदै हरेक बिधालय, समुदायमा र बिधार्थीको व्यवहारमा परिवर्तन गर्न स्काउटीङ गतिविधि संचालनगर्न आग्रह गरे ।
स्काउट प्रदेश सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज जीवन आचार्यले पाल्पा जिल्लाका ३ वटा तहमा आधारभुत तालिम संचालन गरेको बताउदै १५ वटा बिधालयमा ५० वटा ट्रुप समेत संचालनमा रहेको बताए । उनले स्काउटीङको माध्यमबाट विभिन्न सामाजिक र चेतनामुलक कार्यक्रम संचालन गर्न सकिने हुँदा तालिममा सिकेका ज्ञान सीपलाई बालबालिकाको व्यवहार परिवर्तनमा लगाउन आग्रह गरे ।


दिक्षान्त समारोहमा तानसेन ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल पुर्वखोला शिक्षा साखा प्रमुख लोकहरि देवकोटा ,दमकडा नमुना माध्यमिक बिधालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटा ,दमकडा सहभागी सरस्वती श्रेष्ठ ,केशव केसी , पुरुष कोर्षका कोर्ष लिडर सुरज खनाल लगायतले कार्यक्रम प्रभावकारी रहेको र यसको निरन्तरताका लागि सबै क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताए ।


तालिममा स्काउटको इतिहास यसले गर्ने काम ,बिपदमा गरिने काम , पद यात्रा र त्यसका फाइदा ,क्याम्प फायरको महत्व, डोरी गाठो ,सामाजिक परोपकारका काम ,प्राथमिक उपचार , लगायतका जीवन उपयोगी सिप सिकाइएको थियो । ५ रात ६ दिन सम्म चलेको तालिमको सहजीकरण पुरुष कोर्ष लिडर सुरज खनाल , महिला कोर्ष लिडर लिला श्रेष्ठ ,काउन्सिलर नेत्र गैरे, सन्देश तिमिल्सिना , गिरीराज पाठक, आशा गाहा लगायतले सहजीकरण गरेका थिए ।
यसै अवसरमा बिश्वव्यापी कोविड महामारीमा सचेतना जगाउन खटेका स्काउट स्वयंसेवकहरुलाई पदक तथा प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।