कुशल भर्तेललाई तिलोत्तमा नगरपालिकाले ५० हजारसहित सम्मान गर्ने

मेचीकाली संवाददाता

३ चैत्र २०७९, शुक्रबार
248 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेललाई सम्मान स्वरुप ५० हजार नगर दिने भएको छ ।

शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले तिलोत्तमा निवासी भुर्तेललाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो । नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालिका–९ का खेलाडी भुर्तेलले सानो उमेरमै क्रिकेट खेलमार्फत् देशकै नाम ऊँचो बनाएको भन्दै सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान भुर्तेलले बिहीबार भएको आइसिसी विश्वकप लिग टु क्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले खेलमा ३५ बलमा ३ चौका र चार छक्का सहित ५० रन जोडेर नेपालको जीतलाई महत्वपूर्ण योगफल तयार पारेका थिए ।