

नेत्र गैरे
पाल्पा । समृद्ध बगनासकाली गाउँको सार, समग्र बिकासको दिगो आधार नारा र समृद्ध बगनासकालीको दुरदृष्टिलाई सार्थक बनाउन बगनासकाली गाउँपालिकाले आवधिक गाउँ बिकास योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्टी सम्पन्न गरि पाँचवर्षे आवधिक योजना बनाउन लागि परेको छ ।

विभिन्न विषयका विज्ञ, राजनैतिक दल, जनप्रतिनिधि, स्थानिय सरोकारवाला लगायतको उपस्थितीमा समृद्ध बगनासकाली बनाउनका लागि आवधिक योजना बनाउन जुटेको गाउँपालिकाले जनाएको छ । सुशासन, पूर्वाधार, आर्थिक,बन तथा वातावरण र सामाजिक बिकास क्षेत्र लगायतका क्षेत्रमा एक मुष्ट रुपमा विशेष योजना बनाउने उद्देश्यका साथ आवधिक योजना बनाउन लागि परेको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताइन । उनले बगनासकाली गाउँपालिकालाइ कस्तो बनाउने भन्ने बारेमा वहस गरेर आवधिक योजना बनाउन लागेको बताइन । स्थानीयतहको चुनावको वेला घोषणा गरेका योजना तथा कार्यक्रमहरुलाई समेत समेटेर बगनासकालीलाई समृद्ध बनाउने उद्देश्यका साथ आवाधिक योजना बनाउन लागेको बताउँदै योजना निर्माणमा विभिन्न प्रक्रिया पु¥याएर आवाधिक योजनाको सार्वजानिक गरिने अध्यक्ष चिदीको भनाइ थियो ।
पाँचवर्षे आवधिक योजनामा कस्ता योजनालाई प्राथमिकीकरण गर्ने भन्ने विषयमा समेत पालिकाका ९ वटै वडाहरूमा छलफल तथा अन्र्तक्रिया गरी विज्ञको सल्लाह बमोजिम योजना निर्माणमा लागिएको उपाध्यक्ष हरि प्रसाद पाठकको भनाइ थियो ।
उपाध्यक्ष पाठकले गाउँपालिकाका सरोकारवालहरू, विज्ञ, राजनीतिक दलले निर्वाचनताका गरेका घोषणापत्रका राम्रा योजनाहरूलाई समेत समावेश गरि आवधिक योजनामा पर्ने सवै योजनाहरू छलफलबाट योजना माग तथा सुझाव संकलन गरी सकेको र यसैका आधारमा अल्पकालिन र दिर्घकालिन योजना बनाउन लागेको बताए ।

आफ्नो कार्यकालमा निर्वाचनका बेला घोषणा गरिएका घोषणा पत्रमा भएका योजनालाई समेतलाई पूरा गर्ने गरि आवधिक योजना तयार गर्न लागेको प्रवक्ता टीका बहादुर थापाको भनाइ छ । नेकपा एमाले प्रदेश सदस्य तथा पुर्व जनप्रतिनिधि ध्रुवराज अधिकारीले गाउँपालिकाले आवधिक योजना निर्माणको थालनीले ब्यवस्थित बिकासको सुरु हुने बताए ।
सुशासन तथा संस्थागत ,वन वातावरण तथा बिपत ब्यवस्थापन , सामाजिक बिकास ,पुर्वाधार विकास ,आर्थिक बिकासका पक्षबाट सम्भाव्य मझौला, ठूला पर्यटन , गौरवका योजना , शिक्षा स्वास्थ्य , बाटो कालोपत्रे सिँचाइ एवम् विविध कार्यक्रमहरू प्राथमिकता दिने गरी आवाधिक योजना बन्न लागेको प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताए ।
नेकपा एमालेका मोहन थापा, नेपाली कांग्रेसका यमलाल तिमिल्सिना ,नेकपा माओवादका खुम बहादुर बिक , नेकपा समाजवादीका कृष्ण बस्याल लगायतले गाउँ पालिकाले थालनी गरेको आवधिक योजनाले गाउँ पालिकाको पाँच बर्ष सहित २५ बर्षमा कहाँ पुग्ने भन्ने बाटो तय गरेको बताउदै आवधिक योजना सुरु गर्नु सुखद कामको थालनी भएको बताए ।
वाङ्गला इन्जिनियरिङ एन्ड डेभलपर्स प्रा.लि काठमाडौका बि.के बजाचार्य , मन्डुबाबु अधिकारीको सहजीकरणमा तिनदिने आवधिक योजना कार्याशाला सम्पन्न भएको हो ।