रेड पाण्डाको छालासहित तिन जना पक्राउ

मेचीकाली संवाददाता

२९ श्रावण २०७८, शुक्रबार
1141 shares

पार्बती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं.–४ सिद्धिपुर स्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजबाट रेड पाण्डाको छालासहित तिन जना पक्राउ परेका छन् । झापाको विर्तामोड नगरपालिका ५ सनिश्चरे बस्ने २९ वर्षीय खगेन्द्र पुरी सोही स्थानका ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरब राजवंशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

रेड पाण्डाको छाला कारोवार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा लुम्विनी प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोली परिचालित भएको थियो । टोलिले होटलको कोठा र ती मानिसहरुको शरिर चेकजाँच गर्ने क्रममा सो होटलको कोठा नम्वर १ सय ४ मा २ वटा रेड पाण्डाको छाला र रेड पाण्डाको पुच्छर १ वटा बरामद गरीएको छ ।

बरामद गरिएको रेड पाण्डाको छाला, पुच्छर र मानिसलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपि धर्मराज भण्डारीले बताए ।