

सुनिल आचार्य
कपिलवस्तु, साउन २९ । ब्राउन सुगरसहित २ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ६ ग्राम ब्राउन सुगरसहित २ भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको सिद्धार्थनगर थाना शोहरतगढ निबी निवासी २५ वर्षिय सहजाद अन्सारी र सोही स्थानका ३२ वर्षिय मोहम्मद रजा खान रहेको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।
उनीहरुलाई शुद्धोधन गाँउपालिका वडा नं.३ हर्दिहवास्थित लागु औषध बिक्री वितरण गरि रहेको भन्ने बिशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सहजाद अन्सारीले लगाएको जिन्स पाईन्टको गोजीभित्र जब्बर छाप तम्बाकु (सुर्ती) राख्ने प्लाष्टिकको प्याकेटमा प्लाष्टिक भित्र कालो डोरीले बाधेर राखेको अवस्थामा ३ वटा पोका फेला परेको प्रहरीले जानकारी दिएको छ । दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेका प्रहरी जिल्लाा प्रहरी कार्यालयका डिएसपि धर्मराज भण्डारीले बताए ।