सामाजिक दायित्व पुरागर्ने नागरिक तयार गर्नमा स्काउट सक्षम रहने ः गिरी

मेचीकाली संवाददाता

१७ जेष्ठ २०८०, बुधबार
246 shares


नेत्र गैरे

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व मुख्यमन्त्री लिला गिरीले मुलुकमा अहिले राजनैतिक बिचलन भएको बर्तमान अबस्थामा नेपाल स्काउटले सामाजिक क्षेत्रमा खेलेको भूमिका सराहनिय रहेको बताए । नेपाल स्काउट लुम्बिनी प्रदेशले आयोजना गरेको ५४औं उडब्याज तथा ४५औं एडभान्स तालिमको उद्घाटन गर्दै गिरीले समुदायमा रहेका युवा तथा बालबालिकाको सामाजिक, मानसिक तथा शारिरीक तवरले राष्ट्रनिर्माणका लाग्न सक्ने जनशक्ति तयारगर्न सक्षम रहने बताए । स्काउटले बर्तमान समाजमा देखिएको धमिलो वातावरणका बिरुद्ध अनुशासित, कर्तव्यनिष्ठ नैतिकवान असल नागरिक तयार गराई सामाजिक दायित्व पुरागर्ने नागरिक तयार गर्नमा स्काउट सक्षम रहने गिरीको भनाइ थियो ।


उद्घाटन कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति सदस्य तथा राष्ट्रिय प्रशिक्षक बिजेन्द्र धोजुले राज्यको संघिय संरचना साथै नेपाल स्काउटको संरचनामा पनि ब्यापक परिवर्तन भएको बताए । स्काउट कार्यक्रम एक सामाजिक शैक्षिक कार्यक्रम भएकोले जन प्रतिनिधि, शिक्षासंग संबन्धित संघ सस्था, नागरिक समाज लगायतको सहयोगमा दक्ष्य नागरिक तयार गर्ने लक्ष्य रहेको प्रशिक्षक धोजुले बताए ।


नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले लुम्बिनी प्रदेशमा सन् २०३२ सम्ममा १ लाख ३८ हजार स्काउट सदस्य बनाई एक घर एक स्काउट साथै एक बिद्यालय एक युनिट तयार गरि समाज परिवर्तनमा टेवा पु¥याउने लक्ष्य प्रदेश स्काउट कार्यालय बुटवलले लिएको बताए । उनले यो बर्ष प्रदेशका १२ वटै जिल्लामा गरि जम्मा ८ सय ४५ जनालाई बि.टि.सी. र पि.टि.सी. तालिम दिइएकाृ सो को आधारमा सदस्यता बृद्धि अभियानलाई तिब्रता दिने बताए । उनले आगामी दिनमा प्रदेश स्तरिय क्याम्प संचालन गरि स्काउटका क्रियाकलापलाई अगाडि बढाउने बताए ।


यहि जेष्ठ १६ देखि २२ गतेसम्म चल्ने आवासिय तालिममा लुम्बिनी प्रदेशका १२ जिल्ला साथै बाग्मती प्रदेश, र गण्डकी प्रदेशका गरि जम्मा ४५ जना मध्ये २६ जना पुरुष र १९ जना महिला गरि रहेको स्काउट लुम्बिनी प्रदेश कार्यालय प्रमुख तारा पुरीको भनाइ थियो ।
यसै अवसरमा लुम्बिनी प्रदेश संयोजक भट्टराई र पवन कोइरालाले गिलविल स्कार्फ र उडब्याज प्राप्त गरेका थिय ।