कान्ति माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

५ श्रावण २०८०, शुक्रबार
227 shares

बुटवल । बुटवल–४ स्थित कान्ति माविले अन्तर सदनात्मक हाजिरिजवाफ प्रतियोगिता शुक्रवार सम्पन्न गरेको छ। कक्षा १ र २ को समूह, कक्षा ३ देखि ५ को समूह , कक्षा ६ र ७को समूह र कक्षा ८, ९ र १० को समूह बनाइ तहगत रुपमा प्रतियोगिता सञ्चालन गरेको अतिरिक्त कृयाकलाप प्रमुख महेश खनालले बताए ।

विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली , साहायक प्रधानाध्यापक पूर्ण भद्र उपाध्याय, केदारनाथ ज्ञवाली , तहगत सयोजक डिल्लि प्रसाद वेलवासे , विदूर पौडेल , घनश्याम यादव , राजन अर्याल , नारायण सुवेदी , लिलाधर पाण्डे को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । प्रावि तहको कार्यक्रम को संयोजन लिलाधर पाण्डे, कक्षा ६ र ७ को संयोजन सूर्य पौडेल र ८ ९ र १० को संयोजन मित्रलाल पोख्रेलले संयोजन गरेका थिए ।

प्रतियोगितामा प्रावि तहमा स्वस्तिका प्रधान, माधव पाण्डे र आर्यन अर्याल को समूह प्रथम, सोनाली शर्मा, आयूष गुप्ता र रोहन कानू को समूह दोस्रो र कविता कुंवर, अंश बलाल र कुशल जिसीको समूह तेस्रो भए भने कक्षा ६ र ७ को समूहमा भैरवस्थान सदन प्रथम, रेसुङ्गा सदन दोस्रो र सुपादेउराली सदन तेस्रो स्थान प्राप्त गरे र कक्षा ८, ९ र १० को समूह अर्न्तगत सुपादेउराली सदन प्रथम, रेसुङ्गा सदन दोस्रो र स्वर्गद्वारी सदन तेस्रो भए ।

विद्यालय ले विद्यार्थी विभिन्न लुकेका प्रतिभाको उजागर गर्न प्रत्येक शुक्रबार कार्यक्रम आयोजना गर्ने गर्छ । विद्यालयमा हाल पाच हजार सात सय विद्यार्थी अध्यापनरत छन ।