महन्थ निकट भनिएका लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख चौधरी जसपामा खुले

मेचीकाली संवाददाता

४ भाद्र २०७८, शुक्रबार
719 shares

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन् ।

यसअघि उनी महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा थिए । चौधरीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

जसपाको प्रथम केन्द्रीय समितिको बैठकमा पनि उनी सहभागी भएका थिए । दुई दिनसम्म चलेको बैठकको दोस्रो दिन उनी सहभागी भएका हुन् । चौधरीले आफू यादव नेतृत्वकै पार्टीमा रहेको स्पष्ट पारेका छन् । उनले यसअघि पनि आफू जसपामै रहेकाले सोही पार्टीमा रही राजनीतिलाई निरन्तरता दिने जनाएका छन् ।