लाहुरे नबनेका पौरखी मुर्तीकार यमबहादुर

मेचीकाली संवाददाता

१२ असार २०८१, मंगलवार
1582 shares

मिलन गाहा

गुल्मीको सत्यबती गाउँपालीका–७ ठुलो लुम्पेक थुम्कामा बुबा लालवीर थापा र आमा रुपमाया थापाको कोखबाट २०२९ साल असोज १४ गते जन्मिएका यमबहादुर ताङ्गनामी थापा मगर लाहुरे परिवारमा जन्मेर लाहुरे संस्कृतीमा हुर्केका एक पात्र हुन् । लाहुरे परिवार र संस्कृतीमा हुर्केको भएपनि थापा बिदेश जानुभन्दा नेपालमै केही गर्ने सोच थियो । बाल्यकाल देखिनै कला प्रतीको सोच भएका व्यक्ती हुन् ।

सानो उमेर देखी नै कागजमा बिभीन्न चित्रहरु बनाएर स्कुलमा पनि धेरै पुरस्कारहरु हात पारेका थापा आफ्नो अध्ययनको शिलसिला भने तिनवटा बिद्यालयमा गरेका छन् । नेरा गगनपुर निमावि थुम्काबाट पढाई सुरु गरेका उनले धर्मपुर माबीबाट कक्षा ७ सम्मको अध्ययन गरी कक्षा ८ देखी १० सम्मको अध्ययनका स्याङ्जाको बिर्घास्थित जनता माबीबाट पुरा गरे ।

सानैदेखि प्राबीधीक शिक्षामा रुची भएका थापा २०४८ सालमै ललीतकला क्याम्पस भोटाहिटीबाट मुर्तीकला बिधामा स्नातक गरेका थिए । गुल्मी जिल्लामा जन्मेर काठमाडौमा स्नातक अध्ययन गरी थापा गौतमबुद्धको जन्मभुमी रुपन्देहीको बुटवन उपमहानगरपालिका–८ सुख्खानगरमा बस्दै आएका छन् । लामो समय भाडाको घरमा बसेका थापा हाल आफ्नै मेहनतको घरमा बस्दै आएको सुनाए । अधिक मानीस बिभीन्न ठाउबाट काठमाडौ जाने गर्छन भने थापा भने काठमाडौबाट अध्यन गरी बुटवललाई कर्म थलो बनाएका हुन् ।
थापाको मुर्तीकला ब्यबसायले आफुलाई परिवार चलाउन कुनै समस्या नभएको बताउछन् ।यो पेशामा श्रीमती ठमी थापा छोरा कुशल र छोरी कुसुम थापा र केही आफ्ना नातेदारले यथेस्ट सहयोग गरेका छन् । तबमात्र इमेज आर्ट स्टुडीयो जहा मुर्तीकला जसले सयौको सख्यामा सामान्य देखी १५ लाख सम्मको मुर्ती निर्माण गरेको छ ।

कला जिबन हो र मृत्युपछी पनी कलाले मानीसलाई सदा जिबन्त राख्छ । यस्तै पौरखमा रमाएका यम बहादुर ताङ्गनामी सधै हसीलो मुहार छुस्स परेको गनन मिल्ने मगरे पाराको दाह्री पालेका हासीमजाकमा रमाउदै गरेका एक पौरखी पात्र हुन ।
नेपालमै केही गर्न सकीन्छ है बिदेश जानु पर्देन देसमा काम गरे आफ्ना परिवार संग रमाउदै बस्न पाउने भएपछी धेरै पैसा किन चाहीयो भनेर आफ्नै भुमीमा रमाउदै छन मुर्तीकार थापा। माटो,ढुंङ्गा,धातु,काठ र बिभीन्न प्रकृतीका मुर्तीहरु बनाउन कठीन भएपनी यसको पारीश्रमीक रामै आम्दानी हुने भएकाले जिबीकोपार्जनमा समस्या नहुने थापाको भनाई छ ।
नेपाल सरकारले थापालाई प्राज्ञ सदस्यको रुपमा २०७५ देखी २०७८ सम्म नियुक्त गरेर कलाको सम्मान प्रदान गर्यो भने एभरेष्ट बोर्डीङ्गमा केही समय कला क्षेत्रको बिधामा केही समय अध्यापन गराएका थिए ।

मुर्तीकलामा लामो समय बिताएका थापाले बिभीन्न समयमा पुरस्कार तथा सम्मान पत्रहरु धेरै नै थुपारीसकेका छन् ।थापाले पाएका केही पुरस्कारहरुलाई यसरी लिपीबद्ध गर्दा निकै राम्रो अनी खुसीको अनुभुती गर्छन ।

प्राज्ञ सभा सदस्यः श्री नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमामाडौं २०७५ पुस १५ गते

पुरस्कार एबम सममानहरु
राष्टिय प्रतिभा पुरस्कारः अरनिको युवा कला प्रतिभा पुरस्कार–२०६८, काठमाडौं ।
राष्टिय प्रतिभा पुरस्कारः हेम गंगा युवा प्रतिभा पुरस्कार–२०६७
नेपाल कमर्सियल आर्टिष्ट संघ, केन्द्रीय समिति, काठमाडौं ।
प्रथम पुरस्कार मूर्तिकला प्रतियोगिता–२०५०, ललित कला क्याम्पस, काठमाडौं ।
स्रष्टा सम्मानः लीलाध्वज थापा साहित्य प्रतिष्ठान–२०७५, बालुवाटार, काठमाडौ ।
सान्त्वना पुरस्कारः २६औं राष्ट्रिय कला प्रदर्शनी, नाफा, काठमाडौं ।
अभिनन्दन–पत्रः श्री भानु मा.वि., भैरहवा, रुपन्देही–२०६६
कदर–पत्रः नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, काठमाण्डौं–२०६७
सम्मान पत्रः राष्ट्रिय प्रस्तर मूर्तिकला कार्यशाला–२०६७, बुटवल हिलपार्क, रुपन्देही ।

बिभीन्न पुरस्कारले पनि थापाको कला प्रतीको मोह र जिम्मेवारीलाई अझ प्रगाढ बनाउदै लगेको छ । कलालाई समाज र राष्ट्र ले यसरी सम्मान प्रदान गरेको छ । यस्ता बिभीन्न पुरस्कार हात पार्न सफल भएका थापाले यती मात्र नभई बिभीन्न ठाउमा आफ्नै नेतृत्वमा मुर्तीकला कार्यशाला समेत सम्पन्न गर्न सफल थापाले, आफ्नो कला अरुमा हस्तान्तरण गर्न नपाएकोमा दुःखी छन् ।
मुर्तीकार थापाले रोजगार खोज्न आउने युवा पुस्ताहरु एक हातमा जागीर अर्को हातमा पासपोर्ट बोकेर आउने भएकाले केही छिनका लागी जागीरे सोचमा युवाहरु काम खोज्न मात्र आउनेले कला सिक्न नसक्ने उनले बताउछन्। बिदेश गएपछीत पैशा फल्छ भन्ने मानसीकता ले दिन प्रतीदिन युवाहरु बिदेशीएका छन् । अध्ययनको शिलसिला बिदेश पठाउने प्रचलन र नेपालमा बस्ने बाताबरण पनी नभएकाले अधिकांश बिदेश जान रुचाउने मुर्तीकार थापा बताउछन् ।

यसरी रोजगारीको शिलसिलामा होस या अध्ययनको बाहानामा नेपाली मुद्राहरु अर्बो रुपैया नेपालबाट पलायन भएका छन् । अभिभाबकहरु पनी बिदेश जाने भनेपछी जती पनी श्रmण काढेर बिदेश पठाउने प्रचलन छ यसमा उनी निकै दुखी छन। नेपाल सरकारको निती स्पष्ट हुन सकेन गाउघर खाली हुदै गएका छन् । नेपालमा युबा जनशक्ती जो बिकाशमा उपयोग हुन सक्छन तिनीहरु बाहीरीएका छन् यो प्रकृयालाई सरकारले रोजगारी मार्फत नेपालमै रोक्न सक्नुपर्छ ।थापाका अनुसार मुर्तीकलामा काम गर्ने सिमीत छन् कलामार्फत पनी नेपालमा राम्रँै रोजगारीको सम्भाबना भएको उनको दाबी छ । कला र यसको प्रभाबकारीता र आर्थीक सम्बृद्धी कलाको माध्यमबाट गर्न सकीने उनको तर्क छ ।

बुटवल र यस आसपासका बिभीन्न पार्कहरुमा थापा र देश भरीका मुर्तीकारहरुले बनाएका मुर्तीहरुले पर्यटकहरुलाई हेर्न लायक ठाउहरुमा परिणत गरेको छ । फालीएका ढुंङ्गा ,काठ, धातु,माटो र बिभीन्न प्रकारका बस्तुहरुबाट सजीएका पार्कहरुले आम्दानीको श्रोतपनी राम्रै बनाएको छ ।
यहाँका हिलपार्क, बनबाटीका, देबदहका पार्कहरु र बिभीन्न पार्कहरुमा थापाले आफुलाई अमरत्व प्रदान गर्ने र आफु सदा जिबीत रहने कृतीहरु सजाएका छन् । फोटो हेरेर मुर्ती बनाउने कुरा त्यती सहज कुरा नभएपनी थापाको कलाकारीताले यसलाई सहज बनाउने काम गरेको छ । थापा भन्छन यही हो जिबन ।

जिबनमा पैशामात्र ठुलो कुरा नभएर बाचुन्जेल गरेका कृतीले मृत्युपछी पनी जिबीत रहन यस्ता प्रकृतीका कामहरुले सधै जिबन्त बनाउछ । थापालाई कुनै किसीमको आर्थीक मन्दीले छुन सकेको छैन बजार सुस्तायो भन्छन त्यसको अनुभब आफु संग नभएको बताउदै बिभीन्न समयमा भएको कोरोना माहामारी होस लकडाउन या त नाकाबन्दी होस उनलाई कुनै प्रकृतीका समस्याले प्रभाब पार्न सकेन । मुर्तीकला मात्र नभएर नेमप्लेट,मार्बलमा नामहरु खोप्ने बिभीन्न डिजाईनहरु गर्ने आर्टहरु गर्ने जस्ता कामहरु थापा परिवारका लागी राम्रो रोजगारी र आम्दानीको राम्रो मुहान बनेको छ । जस्का कारण उनका परिवारमा आर्थीक हिसाबको कुनै समस्या छैन ।

मुर्तीकलाको माध्यमबाट आफ्नो परिवार धान्न सजीलो भएको र घर गृहस्ती जोड्ने काममा यसले ठुलो मद्धत गरेको मुर्तीकार थापाको भनाई छ । थापाको अनुभबमा जुनसुकै कामपनी साना होस या ठुला नेपालमै गर्न सके र निरन्तरता दिन सकेमा आफ्नै देशमा सजीलै बाच्न सकीने तर्क छ ।