अधिवक्ता परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी मञ्जिला ज्ञवाली लुम्बिनी प्रथम

मेचीकाली संवाददाता

९ मंसिर २०८२, सोमबार
202 shares

बुटवल । यस वर्ष लिइएको अधिवक्ता तहको परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी विद्यार्थी मञ्जिला ज्ञवालीले लुम्बिनी प्रदेशमा प्रथम स्थान हासिल गरेकी छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको कानुन संकायको पहिलो ब्याचकी विद्यार्थी मञ्जिलाले सो परीक्षामा नेपालमै तेस्रो स्थान प्राप्त गरेकी हुन् । उनले कुल ७८.६४ प्रतिशत अंक पाएकी छन् ।

सो परीक्षामा कुल ८०.९१ प्रतिशत प्राप्त गरी बागमती प्रदेशकी गीता बोगटी नेपाल प्रथम भएकी छिन्

उक्त परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकै प्रविन कुमारी तिवारीले पाँचौं स्थान प्राप्त गरेका छन् ।

मञ्जिलाले शंकरनगरस्थित स्मृति बोर्डिङ् स्कुलबाट एसईई उत्तीर्ण गरी दीप बोर्डिङ् स्कुलबाट विज्ञान विषयको अध्ययनपछि स्नातक तहमा कानुन संकायमा प्रवेश गरेकी थिइन् ।

विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँले पहिलो पटक सहभागी भएको ब्याचका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेकोमा खुसी व्यक्त गरे ।