तीज गीत कालापोखरा तीजको मेलैमा सार्वजनिक

मेचीकाली संवाददाता

२६ श्रावण २०८२, आईतवार
40 shares

गुल्मी । मौलिक तीज गीत कालापोखरा तीजको मेलैमा सार्वजनिक भएको छ । कोटका नी झरिसके बेशीका नी आइसके कालापोखरा तीजको मेलैमा अत्यन्तै मौलिक शब्दहरु मार्फत कालापोखरा तीजको मेलैमा तीज गीत निर्माण गरिएको हो । यो सृजनाले तीजका गीत संगीतमा भित्रिएको छाडापनलाई चुनौति दिएको छ । यो गीतलाई गुल्मी धुर्कोटकी चेली राधिका पन्थ भण्डारीले बजारमा ल्याएकी हुन् ।

उनले आफ्नो मानसपटमा भरिएको गाउँको माया र परिवेशलाई शब्दमा उतारेकी छन् । राधिका पन्थ भण्डारीको मौलिक शब्द रचनामा गायक तथा सर्जक बिष्णुभण्डारीले लय तथा महेन्द्र भण्डारीले एरेन्ज गरेका छन् । लोकदोहोरी गायीका सिमा नेपाली गीतमा आवाज दिएकी छन् ।

दिनेश बस्नेतद्धारा निर्देशन गरिएको गीतको भिडियोमा गाउँ र सहरका दृश्य समेटिएका छन् । यो गीत बिष्णु भण्डारी अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो ।