बुटवल, पुस २७ । देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ को १४ औं साधारणसभा तथा ५ औं अधिवेशनले डम्बर बहादुर थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा कल्पना पांडे मगर सचिवमा माया बेल्बासे, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ रहेका छन । यस्तैगरी सदस्यहरुमा दिलबहादुर थापा, ओमबहादुर पुन, रामलाल भुसाल, कृष्ण सोमै, सीता थापा, गीता पन्थी, बालकुमारी घिमिरे, निर्मला थापा चयन भएका छन । लेखा परीक्षण संयोजक गोरखबहादुर रोका र सदस्यहरुमा युवराज खनाल नारायण न्यौपाने रहेको छन । अनुगमन समिति संयोजक वेदप्रसाद पौडेल सदस्यमा बामदेव पौडेल र गंगा ज्ञवाली रहेका छन ।
