एनडिके र जगदम्बा इटा उद्योगद्धारा विभागको निर्देशन अवज्ञा

मेचीकाली संवाददाता

२९ पुष २०८२, मंगलवार
323 shares

बुटवल, पुस २९ । रुपन्देहीका केही इँटा उद्योगले उद्योग विभागको निर्देशन अवज्ञा गरेका छन् । पुस मसान्त अगाडि इटा उद्योगहरुलाई इटा पोल्ने कार्य नगर्न निर्देशन भए पनि जिल्लाका एनडिके इटा उद्योग र जगदम्बा इँटा उद्योगले निर्देशन पालना नगरेको हुन । एनडिएके उद्योगका सञ्चालक बसिउद्दिन खाँन हुन भने, जगदम्बाका ब्रम्हु यादव रहेका छन । यि उद्योग मर्चवारमा सञ्चालित छन । विगतका वर्षहरुमा कपिलवस्तुका उद्योगहरुले निर्देशन पालना नगरेको भेटिए पनि अहिले विश्व सम्पदा क्षेत्रका सूचीकृत लुम्बिनीलाई प्रदुषण गराउने गरी मसान्त अगावै इटा पोल्न थालेपछि आलोचना भइरहेको छ ।
विभागले इटा उद्योगबाट हुने प्रदुषण न्यूनीकरण गर्न एवं कामदारको स्वाथ्यलाई समेत ध्यान दिएर इटा पोल्न कार्य प्रत्येक वर्ष पुस मसान्त पछाडि सुरु गर्नको लागि इटा उद्योग दर्ता गर्ने निकायहरुलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।