तिनाउ खेल सप्ताहको जारी

मेचीकाली संवाददाता

४ माघ २०८२, शनिबार
10 shares

बुटवल, माघ ३ । तिनाउ खेल सप्ताह अन्तर्गत शनिबार दोस्रो दिन खेल इन्चार्ज विभिन्न खेलहरु सम्पन्न भएका छन् । इन्चार्ज सुन्दर बेलबासे र जीवन आचार्यको नेतृत्वमा खेलहरु भएका थिए । सिनियर सर्टपुट, अन्तर सदनात्मक जुनियर रिले दौड, २०० मिटर दौड, डबल व्याडमिन्टन सिनियर (छात्र), जुनियर (छात्र) डच बल खेल सिनियर (छात्रा), कबड्डी खेल जुनियर (छात्रा), यसैगरी लङ जम्प सिनियर(छात्र), हाई जम्प सिनियर (छात्र) सम्पन्न भएका छन् ।
त्यस्तैगरी तेक्वान्दो, छात्रा र छात्रा, छात्र जुनियर छात्रा सिनियर, लङ जम्प, हाई जम्प छात्रा, सिनियर छात्रका खेल सम्पन्न भएका छन । यस्तै विगिनर्स खेल अन्तर्गत इन आउट खेल पनि भएका छन् । कक्षा १० का इन्चार्ज अग्निधर पोखरेलले शनिबार विभिन्न १८ वटा खेल भएको जानकारी दिए । आइतबार बाँकी १० वटा प्रतिष्पर्धा गराएर खेल महोत्सव सम्पनन हुने जानकारी दिए ।
खेल प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको छ । विद्यालयले हरेक वर्ष विद्यार्थीको अन्तरनिहीन प्रतिभा प्रस्फुटन गराउने खेल सप्ताह गर्दै आइरहेको छ । विद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेले शैक्षिकसँगै विद्यार्थी सबै क्षेत्रमा अब्बल र क्षमतावान बनाउन स्कूलले सबै विभिन्न कार्यक्रम गर्दै आएको बताए ।