जहाजमा प्राविधिक समस्या नदेखिएपछि बुद्ध एयरले पुनः सुरु गर्यो उडान

मेचीकाली संवाददाता

१२ आश्विन २०७८, मंगलवार
691 shares
फाइल तस्वीर

काठमाडौँ । सोमबार बिहान काठमाडौँको आकाशमा दुई घण्टासम्म होल्ड भएको बुद्ध एयरको जहाज आजबाट संचालनमा आएको छ ।

उक्त जहाज अवतरण भएपछि बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका थिए । निरीक्षणपछि जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको बुद्ध एयरको प्राविधिक टोलीले जनाएको छ ।

एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । मंगलबार बिहानैदेखि उडान थालेको जहाजले मध्यान्हसम्म तीन वटा उडान भरिसकेको छ ।

बुद्ध एयरका इन्जिनियर र नेपाल नागरिक उड्डय प्राधिकरणका प्राविधिकहरुले जहाजमा कुनै गडबडी नरहेको निष्कर्ष निकालेपछि जहाज पुनः सञ्चालनमा ल्याइएको हो । बुद्ध एयरका एक अधिकारीले बताएअनुसार काठमाडौं अवतरण भएपछि गरिएको जेकचाँजमा कुनै गडबडी नभेटिएपछि सञ्चालनमा ल्याइएको हो ।

यो पनि पढ्नुहोस्
ठुलो दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज, काठमाडौंमा सुरक्षित अवतरण