संयुक्त सहकारीको १२ औं वार्षिक साधारण सभा

मेचीकाली संवाददाता

२४ कार्तिक २०७८, बुधबार
600 shares


तुलसी राम पौडेल  फर्साटिकर  कार्तिक  २३
रुपन्देहीको बुटवल – १८ स्थित संयुक्त वचत तथा ऋण सहकारी संस्था लि . को १२ औं वार्षिक  साधारण सभा मंगलबार सम्पन्न  भयो ।नगरपालिका सहकारी विभाग प्रमुख गुणाखर खनालले साधारणसभाको उद्घघाटन गर्नुभयो।सो अवसरमा  बोल्दै उहाँले सहकारीलाई अगाडि बढाउन  सबै सदस्यहरु सक्रिय रूपमा लाग्नुपर्नेमा विशेष जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष  रामकृष्ण  खनाल , शिक्षा  समिति संयोजक  दामोदर ढकाल ,लेखापरीक्षक मधुप्रसाद खनाल, संस्थाका सल्लाहकार  पुरुषोत्तम खनाल ,  सगाँलो  वचत तथा  ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रसिह थापा, गह्रौ  कालिका उद्यमी वचत तथा ऋण सहकारीका अध्यक्ष  पोषराज चापागाई लगायतले शुभकामना  मन्तव्य दिनुभयो ।
संस्थाका अध्यक्ष  हुमराज ढकालको अध्यक्षता, नगरपालिका  सहकारी  विभाग प्रमुख गुणाखर  खनालको प्रमुख  आतिथ्यता, बुटवल – १८ का कार्य वाहक  वडाअध्यक्ष सुमित्रा गाहा मगरको विशिष्ट आतिथ्यता, अध्यक्षबाट वार्षिक  प्रतिवेदन  प्रस्तुत , कोषाध्यक्ष  ढाकाराम खनालबाट आर्थिक  प्रतिवेदन  प्रस्तुत  लेखा संयोजक  घनश्याम  खनालबाट लेखाप्रतिवेदन प्रस्तुत , उपाध्यक्ष  सागर पङगेनीको स्वागत मन्तव्य  रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव निर्मल आचार्यले गर्नुभएको  थियोे ।