मानव अधिकार समूहद्वारा विद्यालयको अनुगमन

मेचीकाली संवाददाता

२३ पुष २०७८, शुक्रबार
508 shares

सुनिल आचार्य
कपिलवस्तु । इन्सेकद्वारा गठन भएको मानव अधिकार समूह बाणगंगाले एक बिद्यालयको अनुगमन गरेको छ । समूहका उपाध्यक्ष इन्दीरा पन्तको संयोजकत्वमा पुस २२ गते बाणगंगा नगरपालिका वडा नं. ८ स्थित श्री जननी आधारभूत विद्यालय मधुवनको अनुगमन गरिएको हो ।
अनुगमन टोलिले विद्यालयमा अनुगमन गर्दा खानेपानीको ट्याङ्की फुटेको हूँदा खानेपानीको समस्या , विद्यालय परिसरभित्र सार्र्वजनिक सौचालय निर्माण र बिद्यालयको कम्पाउण्ड भित्र सार्बजनिक सौचालयको सेफ्टी ट्याङ्की निर्माण गरिएको पाइयो ।


यस्तै विद्यालयमा निशुल्क बितरण गरिने सेनेटरी प्याड गुणस्तरीय नभएको, अर्धवार्षिक परिक्षा संचालनको पहिलो दिन विद्यालयमा भर्ना भए अनुसारका विद्यार्थीहरु परिक्षामा पुर्ण रुपमा उपस्थित नभएको, बिद्यालयको वाल बाउन्ड्री विद्यालय मैत्री नभएको, भौतिक निर्माणमा मर्मत गर्नुपर्ने देखिएको र बिद्यालयका कक्षा कोठालाई घाम र पानीबाट सुरक्षित राख्न ओत लगाइएका टिनका जस्तापाताहरु जीर्ण अवस्थामा रहेकोलगायतका समस्याहरु अनुगमनका क्रममा देखिएको थियो ।


सो क्रममा बाणगंगा नगरपालिकाका शिक्षा शाखा अधिकृत खिमबहादुर जिसीले विद्यालय प्राङ्गणभित्र सरसफाइका सवालमा विद्यालयले सुधार गर्नुपर्ने बताउनु भयो । विद्यालय भर्ना भएर विद्यालय नियमित नआउने विद्यार्थीहरुलाई नियमित गर्नका लागि बिद्यालय ब्यबस्थापन समिति र अभिभावकहरु बिच अन्तत्र्रिmया तथा सचेतनामूलक सन्देश प्रवाह गरी उनीहरुका समस्याहरुलाई बुझेर बिद्यालय नियमित गराउनु पर्ने आवश्यक देखिएको बताए ।
बिद्यालयका प्रधानाध्यापक रुद्रमाया पौडेलले विद्यार्थीहरु भर्ना भए पनि नियमित नहुनुको मुख्य कारण घरायसी समस्या, गरिबी, लागुपदार्थ दुरव्र्यसन, बाल बिवाहका कारण विद्यालयमा नियमित अध्ययन गर्न आउन नसकेको बताइन् । उनले सो समस्यालाई स्थानिय तहले पहल गरिदिए विद्यार्थीहरुलाई नियमित बिद्यालयमा आउने वातावरण हुने बताइन् ।


नगरपालिकाले बिद्यालयको स्तरउन्नतीका लागि गर्दै आएको सहयोग सहरायिन छ तर यी टिनका टहराहरु वाताबरणीय मैत्री नभएको हुँदा नगरपालिकाले थप सहयोग गरिदिएमा बिद्यालय परिवार आभारी हुने प्रधानाध्यापक पौडेलले बताइन् ।
यस्तै मानव अधिकार समुहका उपाध्यक्ष इन्दीरा पन्तले समूहले अनुगमनका क्रममा देखेका समस्याहरुको पहिचान गरेर सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाइन् । अनुगमनमा इन्सेक प्रतिनिधी पार्वती आचार्य, शिक्षा शाखा अधिकृत खिमबहादुर जिसी , मानव अधिकार समूहका सचिव मधु पाण्डे, सदस्य देवकला सुवेदी कमाललगायतको उपस्थित रहेको थियो ।