शिक्षालाई व्यापारिकरणबाट जोगाउन सामुदायिक विद्यालयमा प्रभावकारी शिक्षा प्रदान गर्नुपर्ने ः पेशागत महासंघ संयोजक थापा

मेचीकाली संवाददाता

२२ फाल्गुन २०७८, आईतवार
597 shares


नेत्र गैरे
पाल्पा । नेपाल राष्ट्यि शिक्षक संगठन जिल्ला समिति पाल्पाको तेह्रौं जिल्ला अधिवेशन तथा शिक्षक सम्मान समारोह तानसेनमा सम्पन्न भएको छ । गौरवशाली विगत, चुनौतिपूर्ण वर्तवान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने नारा सहित अधिवेशन सम्पन्न गरिएको छ ।
अधिवेशनले मोहन प्रसाद सापकोटाको अध्यक्ष्यतामा ३९ सदस्यिय नयाँ कार्य समितिको चयन गरेकोछ । जसको उपाध्यक्षमा हिरा आचार्य र महिला उपाध्यक्षमा संगीता पाण्डेय, सचिवमा हरि प्रसाद घिमिरे, कोषध्यक्षमा चुरामणी ढकाल, सह सचिवमा निरला शर्मा र सह कोषाध्यक्षमा हिमा पोखरेल सर्वसम्मत चयन भएका छन् ।


कार्यक्रममा पेशागत महासंघ नेपाल राष्ट्रिय समिति संयोजक बाबुराम थापाले कार्यक्रमको उद्घाटन गर्दै शिक्षालाई व्यापारिकरणबाट जोगाइ सामुदायिक विद्यालयमा प्रभावकारी शिक्षा प्रदान गर्नका लागि प्रत्येक शिक्षकले आफ्नो ठाउँंबाट निपूर्ण, दक्ष र क्रियाशील कार्य गर्नुपर्ने बताए । उनले पेशागत हकहितका लागि वर्गीय संगठनहरू पनि क्रियाशील भइ आफ्नो बर्चश्व कायम राख्दै एकता, शक्ति र सहमति साथ नेतृत्व संचालन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय शिक्षक संगठन राष्ट्यि समिति सदस्य एकदेव पन्थीले राष्ट्रियस्तरका शैक्षिक गतिविधिहरू, सरकारसंग गरिएका सम्झौता तथा सेवा सुविधा बारे जानकारी गराएका थिए ।


नेकपा एमाले जिल्ला अध्यक्ष धनेन्द्र राज घिमिरेले राष्ट्रिय शिक्षक संगठनको गर्विलो इतिहास कायम राख्दै पेशालाइ मर्यादित बनाएर समुन्नत संस्कारयुक्त समाजका लागि कुशलतापूर्ण जिम्मेवारी वहन गर्नु पर्ने बताए ।
संगठन पूर्व अध्यक्ष कृष्ण थापाले कार्यथलोमा जस्तोसुकै मतभेद भएपनि सकारात्मक पक्षमा अडिग भइ सहमतिबाट समस्या समाधान गरी अगाडि बढ्नु पर्नेमा जोड दिए । संस्थापक सदस्य सोमनाथ अर्यालले नेपाल राष्ट्रिय शिक्षक संगठन स्थापना गर्दाको पीडा र यातनालाइ सम्झंदै संगठनको योगदानको चर्चा गरेका थिए ।


कार्यक्रममा पत्रकार सेनानी मेघराज शर्मा, प्रेस चौतारी नेपाल पाल्पाका कोषाध्यक्ष नेत्र गैरे, शिक्षक संगठन केन्द्रिय सदस्य सुशिला श्रेष्ठ, डोलराज पाण्डे, छबिलाल पाण्डे, लक्ष्मण गौतम, दीर्घनारायण आचार्य, अशोक घिमिरे, लगायतले गुणस्तरीय शिक्षाको लागि सबैले आ आफ्नो ठाउंबाट भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिँदै अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका अवसरमा विभिन्न कारणले स्वर्गीय हुनु भएका शिक्षकहरू बिष्णु पोखरेल, कृष्ण बहादुर मल्ल, केशब राज अर्याल सहित १० जना शिक्षक परिवार र दुइ जना दीर्घ रोगी शिक्षकहरूलाइ दोसल्ला ओढाइ नगद र सम्मान पत्रले सम्मान गरिको थियो । त्यसैगरि ३० बर्ष पुगेका तथा सो भन्दा बढी सेवा गरेका १३४ जना शिक्षकहरूलाइ दोसल्ला ओढाइ दीर्घ सेवा पुरस्कार तथा २१ जना नयाँ आजीवन सदस्यहरूलाइ प्रभाणपत्रले सम्मान गरिएको थियोे । कार्यक्रम जिल्ला समिति अध्यक्ष राम प्रसाद ढकालको अध्यक्षतामा चलेको हो ।